दुई जापानीज नागरिकद्वारा उमा माविलाई सहयोग

पोखरा, १२ पौष –

दाङ्गसिङ्ग गाविस वडा नं.२ स्थित उमा माविलाई फुमिताका ख्वाई र आशतो मासुसिमा मार्फत माछापुछ्रे फाउण्डेशनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज गुरुङ्गलाई एक कार्यक्रमका बीच १ हजार डलर (करीब १ लाख ६ हजार) सहयोग हस्तान्तरण गरिएको छ ।

जापान विद्यालय कोकना जुनियर सेकेण्डरीका शिक्षक समेत रहेको फुमिताका ख्वाई र आशतो मासुसिमाले विभिन्न शैक्षिक क्रियाकलापहरुमा विगत १५ वर्षदेखि यस विद्यालय सहयोग गर्दै आउनुभएको छ ।

उक्त कार्यक्रममा आशतो मासुसिमाले उक्त विद्यालयलाई १ सय डलर र उहाँका पिता नोबोरु खामियाको नाममा ५० डलर सहयोग प्रदान गर्नुभएको हो । गत सालको एसएलसी परीक्षामा सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल उमा माविलाई सहयोगको भूमिका गर्नुहुने पेम्बा गुरुङ्गले संयोजनकारी भूमिका निभाउनुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रअ यमबहादुर पुन र कार्यक्रमको संचालन शिक्षक बासुदेव तिमिल्सिनाले गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button