क्रान्तिकारी बिद्यार्थीद्धारा विश्राम खाजा घरमा तोडफोड

पोखरा, १२ पौष –

क्रान्तिकारी बिद्यार्थीले पोखराको शिवालयचोकमा रहेको विश्राम खाजा घरमा तोडफोड गरेका छन । अनेरास्ववियू क्रान्तिकारी कास्कीको अधिवेसनको क्रममा आईतबार उत्पन्न विवादले गर्दा विश्राम खाजा घरमा बिद्यार्थीहरुले तोडफोड गरेका हुन । तोडफोडको क्रममा उक्त खाजा घरको सभाहलको ढोकाको सिसा फुटेको छ ।

नारायण बरालको अध्यक्षतामा ३७ सदस्य रहने गरी अनेरास्ववियू क्रान्तिकारी कास्कीको नयाँ नेतृत्व चयन भए पनि अध्यक्षका प्रत्यासि ओमप्रकास बरालले आफुहरुलार्इ वाईपास गरी एमाओबादीका नेता तथा बिद्यार्थीहरुले आफ्ना साथेहरुलाई कोठामा थुनेर एक्लौटी ढंगले नयाँ कार्य समिति चयन गरेको आरोप लगाएका छन । अनेरास्ववियूका केन्द्रीय महासचिव अनिल शर्मा, क्रान्तिकारीका बिद्यार्थी नेताहरुले आफुहरुको मर्म र भावना विपरित एक्लौटी ढंगले क्षेत्रगत रुपमा समेत नसमेटिकन क्षेत्र नम्वर एकका मात्र धेरै बिद्यार्थीहरुलाई कार्यसमितिमा लगेको ओमप्रकासको आरोप छ ।

एक्लौटीढंगले चयन भएको कार्यसमितिलाई आफुहरुको टोलीले कुनै पनि हालतमा नमान्ने उनले बताए । उनले भने “हामीलाई जवरजस्ती कोठामा थुनेर अर्को पक्षलाई नयाँ कार्यसमितिमा चयन गराएर अविर जात्रा गरीयो, हाम्रा साथेहरुलाई कोठामा थुनेका कारण हाम्रो साथेले विश्राम खाजा घरमा तोडफोड गरेका हुन । ”

बिद्यार्थी नेता कृष्ण दाहालले वन्द सत्रमा सामान्य विवाद उत्पन्न भएको भए पनि पछि सवै मिलेको बताएका छन । उनले भने “ओमप्रकाश बराललाई हामीले राज्य समितिमा लैजाने निर्णय गरेका छौं, विश्राम घरमा केहि तोडफोड भएको छैन । ”विश्राम खाजा घरका म्यानेजर गणेश पौडेलका अनुसार अनेरास्ववियू क्रान्तिकारी कास्कीको अधिवेसनको क्रममा सभाहलको सिसा फुटेको छ भने केहि वेर तनाव सृजना भएको थियो । यस बिषयमा एमाओबादी कास्कीका अध्यक्ष दिपक कोईराला केहि वोल्न चाहेनन ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button