पोखरा, १३ पौष –
पोखराको क्रियाशील सहकारीमध्ये २०५६ सालमा विधिवत दर्ता गरी सृजनाचोक पोखरा ८ मा कार्यालय स्थापना गरी संचालन गरेको फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिकोत्सवमा जेष्ठ नागरिक सम्मानका साथ विविध कार्यक्रम गरी पुम्दीकोट लुकुमस्वाँरा टावरमा वार्षिकोत्सव सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले व्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा फेवा सहकराीका जेष्ठ नागरिक ८२ वर्षीय श्याम कुमार कुँवरलाई प्रमुख अतिथि तिवारीले माला, दोसल्ला र मायाको चिनोले सम्मान गर्नुभएको थियो । उक्त अवसरमा नियमानुसार सदस्यहरुलाई एकजुट गराई शेयर बृद्धिका साथ निक्षेप नखल्बलिने गरी घरजग्गा खरिद गर्नुपर्ने बताउनुभयो ।
सहकारी शिक्षाका विषयमा शेयर सदस्यहरुलाई जानकारी दिई मनोरञ्जनात्मक कार्यक्रम गरिएको उक्त कार्यक्रममा महिला म्यूजिकल चियर रेस प्रतियोगिता र पुरुष महिला डबल नृत्य प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगिता अन्तर्गत चिय रेसमा प्रथम सरस्वती देवकोटा, दोस्रो किरण पाण्डे र तेस्रो शोभा गुरुङ्ग, त्यसैगरी डबल नृत्यमा प्रथम बसन्त गौचन र तिलु गुरुङ्ग, दोस्रोमा जगन प्रसाद गुरुङ्ग र अरुणा सुवेदीको जोडी भएका थिए ।
कार्यक्रममा सचिव हरिभक्त पौडेलले संस्थाको आयव्यय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कास्की बचत संघका अध्यक्ष भीम गुरुङ्ग, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका सहकारी अधिकृत बालकृष्ण सुवेदी, बाग्लुङ्ग नगरपालिकाका कार्यकारी अधिकृत एवम् सहकारीका शेयर सदस्य युवराज अधिकारी, संस्थाका निवर्तमान अध्यक्ष नारायण प्रसाद भट्टराई, शेयर सदस्य खेमकुमार गुरुङ्ग लगायतले आफ्नो विचार राख्दै शेयर राख्ने तर कारोवार नगर्ने शेयर सदस्इ वास्तविक शेयर सदस्य नभई निक्षेप दैनिक कारोवार र शेयर राख्ने सदस्यहरु वास्तविक शेयर सदस्इ हुने विचार राख्दै घरजग्गा खरिद गर्न संस्था लागिपरेकोमा राम्रो विचा भएको भन्दै सहकारीको नीति नियम अनुसार घरजग्गा खरिद गर्न लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा १ सय ५० जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्नुहुँदै वार्षिकोत्सव, सहकारी शिक्षाको विषयमा जानकारी गराउँदै शेयर सदस्यहरुलाई बढीभन्दा बढी शेयर खरिद गर्न अनुरोध गर्नुभएको थियो । संस्थाका अध्यक्ष क्या.चन्द्र प्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव हरिभक्त पौडेलले गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution