पोखरामा ग्याँस वितरणको लागि उपभोत्ता कार्ड वितरण सुरु

  • पोखरा न्यूज
  • २०७२ पौष १४
Post Thumbnail

पोखरा, १४, पुष-
पोखरामा खाना पकाउने एल.पी. ग्याँस उपभोक्ता कार्ड वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय कास्की, उपभोक्ता मञ्च कास्की, पोखरा उपमहानगरपालीका कार्यालय, टोल विकास संस्था, टोल समन्वय समिति लगायतका सरोकार निकायहरुको हालै सम्पन्न बैठकले पोखरामा ग्याँस उपभोक्ता कार्र्ड वितरण गर्ने निर्णय अनुसार मंगबारदेखि पोखरामा ग्याँस उपभोक्ता कार्ड वितरण गर्न सुरु भएको हो ।

पोखरा उप–महानगरपालीका कार्यालय वडा नम्बर ५ बाट उक्त कार्ड वितरण मंगलबार शुभारम्भ भएको छ । वडा सचिव भगवती भण्डारीले वडा समन्वय समिति तथा मालेपाटन टोल विकास संस्थाका अध्यक्ष उज्जल खत्री, वडा समन्वय सचिव धनन्जय पौडेललाई उक्त कार्ड वितरण गरी सुभारम्भ गरेकी हुन । साथै उनीहरुले आफ्नो टोलमा उक्त कार्ड वितरणको लागि पहिलो चरणमा फारम लगेका छन ।

प्रशासनको निर्देशन अनुसार पोखरा उपमहानगरपालीका कार्यालयले पोखरा क्षेत्रमा बसोबास गर्ने आम नागरीकहरुलाई घर धनि, घर भाडामा बस्ने, बिद्यार्थीको आधारमा उक्त कार्ड वितरण गर्न सुरु गरेको हो । पहिलो चरणमा पोखरा उपमहानगरपालीकाले २८ वटा वडाहरुमा २ हजारको दरले उक्त कार्ड वितरण गर्न सम्वन्धित वडाहरुमा पठाउदै गरेको नगरपालीकाका कार्याकारी अधिकृत झलकराम अधिकारीले बताए । पछिल्लो क्रममा थपिएका ११ वटा वडाहरुमा एक हजार ५ सयका दरले उक्त कार्ड वितरण गर्न पठाउदै गरेको समेत उनले बताए । उनले भने “हामीले ग्याँस उपभोक्ता कार्व वितरण गर्ने हो, यसमा हामीले सम्पुर्ण वडाहरुलाई जिम्मा दिएका छौं, वडाले टोल विकास संस्था तथा टोल समन्वय समितिसंग समन्वय गरी उक्त कार्ड वितरण गर्न निर्देशन दिई सकेको छु । ”

कास्कीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले नगरपालीकाले जति सक्दो छिटो उपभोक्ता ग्याँस कार्ड पोखरेलीहरुलाई वितरण गर्न सक्छ त्यतिनै छिटो आफुहरुले पोखरामा उपलब्ध भएको ग्याँस उपभोक्ताहरुलाई सहज रुपमा वितरण गर्ने बताए । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले आम पोखरामा बसोवास गर्ने उपभोक्ताहरुलाई समान रुपले ग्याँस वितरण गर्न आफुहरुले उक्त कार्डको प्रणाली लागु गर्न लागेको बताए ।

आधा सिलिण्डर ग्याँस वितरण गर्दा प्रशासन र गुणस्तर तथा नात तौल कार्यालयले राम्रोसंग नतौलीकन अचुवाको भरमा ग्याँस वितरण भएकोले ग्याँसमा केहि कालो बजारी समेत भएको दाबी गरे । पोखरामा ग्याँस पाउने आसमा आम उपभोक्ताहरुले विभिन्न ग्याँसको डिपोको अगाडी हप्तौं दिन अघि देखि साङलो लगायर ग्याँस सिलिण्डर लाईनमा राख्दै आएका छन त कोहि लाईनमा दिन रात ग्याँस पाउने आसमा बस्दै आएका छन । उक्त कार्ड प्राप्त गर्नको लागि सम्वन्धित वडा तथा टोल विकास संस्थाका पदाधिकारीहरुले फारम ल्याएका हुन्छन त्यो फारम भरे पनि वडाबाट उक्त कार्ड प्राप्त गर्न सकिन्छ । उक्त फारममा घर धनि, घर भाडामा बस्नेको समेत उल्लेख हुन्छ भने कुन कम्पनीको ग्याँस प्रयोग गर्छ त्यो समेत उल्लेख गरीन्छ । एक महिनाको लागि यो कार्डको आधारमा प्रति परिवारले ग्याँस प्राप्त गर्ने छन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस