पोखरा, १५ पौष –
श्रीराम मगरले पोखरामा सम्पन्न १३ औं पोखरा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगितााको उपाधी जितेका छन । बुधबार सम्पन्न फाइनल खेलमा कमल भण्डारीलाई १–६, ७–५ र १०–७ को कठिन सेटमा पराजित गर्दै उनले नगद ५० हजार सहितको उपाधीमा आफ्नों नाम लेखाए ।
उप–विजेता बनेका भण्डारीले नगद २० हजार प्राप्त गरे । प्रतियोगितामा ३५ वर्षमा थिकै डबल्सतर्फको उपाधी आत्माराम कार्की र देवेन गिरीको जोडिले जिते । फाइनल खेलमा राजुश्रेष्ठ गोर्खा र चिरायुस जंगबहादुर थापाको जोडिलाई ७–५, ७–५ ले पराजित गर्दै आत्माराम जोडिले सो उपाधी उठाएको हो । जितसंगै विजेताले नगद रु १५ हजार तथा उपविजेताले नगद रु ७ हजार प्राप्त गरे ।
त्यस्तै ४५ वर्ष माथिको एकलतर्फ प्रदिप शाहले राजु श्रेष्ठलाई ४–६, ६–१ र १०–४ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । उनले नगद १५ हजार प्राप्त गरे भने उप विजेता श्रेष्ठले ८ हजार प्राप्त गरे ।
४५ वर्षमाथिको डबल्सतर्फ अनिल तुलाचन र धरमबहादुर लामिछानेको जोडिले बाजि मारे । उनीहरुले चन्द्र शाहि र बिकास राणाको जोडिलाई ७–५, ६–३ ले पराजित गरे । प्रतियोगितामा विजेताले नगद १० हजार तथा उपविजेताले ५ हजार प्राप्त गरे ।
५० वर्ष माथिको एकल फाइनलमा प्रदिप शाहले पृथ्वी थकालीलाई ६–०, ६–१ ले पराजित गरे । ५० वर्ष माथिको डबल्स तर्फ पृथ्वीमान गुरुङ्ग र पेमा टाँसिले राजेन्द्रसिंह भण्डारी र बिमल गुरुङ्ग जोडिलाई पराजित गर्दै प्रथम स्थान हाँसिल गरेका थिए ।
५५ वर्ष माथिको एकल तर्फ विदुर विष्टले पेमा टाँसिलाई ७–५, ७–५ ले पराजित गर्दै उपाधी जिते । त्यस्तै ५५ वर्ष माथिको डबल्समा कुमार मोहन बहादुर शाहि र बिदुर विष्टले प्रथम स्थान हाँसिल गरे भने बसन्त प्रधान र शान्तामान श्रेष्ठको जोडिले दोश्रो स्थानमै चित्त बुझाए । ६० वर्ष माथिको एकल उपाधी चेतन नोर्केलको पोल्टामा गयो। ९–७ मा पराजित डा.इन्द्रजित राई दोश्रा भए ।
प्रतियोगिताका विजेता खेलाडी तथा प्रतियोगिता आयोजनामा सहयोग पुरयाउने विभिन्न सहयोगीहरु लाई कार्यक्रमका प्रमुख अतिथि कुमार मोहनबहादुर शाही, नेपाली सेना पश्चिम पृतनाका निमित्त पृतनापति जसवन्त शमशेर जवरा, बरिष्ठ प्रशिक्षक शरद लामा लगाएतले ट्रफि तथा मायाको चिनो पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा दार्जलिङ्गबाट आएका खेलाडी पेमा टाँसि, प्रा.डा. इन्द्रजित राई, स्पिड वे फाउण्डेशनका राजु श्रेष्ठ लगाएतकोपोखराको टेनिस बारे चर्चा गरे ।
आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा संघका कोषाध्यक्ष बसन्त प्रधानले स्वागत, टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले धन्यबाद तथा सदस्य एवंसञ्चार संयोजक नविन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution