पोखरा, २० पौष –
छैठौँ सँस्करणको विग आईकनको सम्पूर्ण कार्यक्रम भिडियोमा पनि दर्शकले हेर्न पाउने भएका छन् ।
यूट्युब च्यानल मेन मिडियाले विग आईकनको भिडियो दर्शकको लागि उपलब्ध गराउने भएको हो । विग एफएमको आयोजनामा हुने विग आईकन अन्तरगत पछिल्लो सिजनदेखि मेन मिडियाले यो सुविधा दर्शकहरुलाई दिएको हो । देश विदेशमा रहने नेपाली स्रोता तथा दर्शकले अत्याधिक मन पराएको गायन रियालिटि शो विग आईकन अहिलेसम्म अडियोमा मात्रै सार्वजनिक हुँदै आएको थियो । यद्यपी यो गायन रियालिटि शो लाई दृश्यको माध्यमबाट हेर्न चाहने दर्शक पनि थुप्रै थिए । दर्शकको चाहनालाई मध्यनजर गर्दै विग आईकनको यो सँस्करणलाई यूट्युब च्यानल मेन मिडियाले सार्वजनिक गरेको हो ।
पहिलो चरणमा मेन मिडियाले विग आईकनको चौथो सँस्करणदेखि विग आईकनको भिडियोलाई यूट्युबमा सार्वजनिक गर्न शुरु गरेको छ । आगामी दिनमा हुने सम्पूर्ण विग आईकनका अडिसन राउण्ड र ग्राण्ड फिनालेलाई पनि मेन मिडियाले यूट्युबमार्फत प्रशारण गर्नेछ । साथै विग आईकनको यो भिडियोलाई विग एफएमको अफिसियल वेभसाईट र अन्य चर्चित वेभसाईटहरुमार्फत पनि दर्शकले हेर्न सक्नेछन् ।विग आईकनको यो सिजनमा ४२ जिल्लाका ९ सय ३ जनाले सहभागिता जनाएका थिए । यो पटक गायक कर्णदास, विवेक श्रेष्ठ, श्यामसुङ तामाङ, विनोद बानियाँ र संगीतकार सुनील थापा विग आईकनको निर्णायक रहेका छन् ।
छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution