लायन्स अन्नपुर्णद्वारा ज्येष्ठ नागरिक र बालबालिकालाई सिरक वितरण

  • पोखरा न्यूज
  • २०७२ पौष २१
लायन्स अन्नपुर्णद्वारा ज्येष्ठ नागरिक र बालबालिकालाई सिरक वितरण

पोखरा, २१ पौष –
पोखरामा रहेको लायन्स क्लब अफ पोखरा अन्नपुर्णले गोरखा डण्डीडाँडाका भूकम्प प्रभावित ज्येष्ठ नागरिक र बालबालिका लाई फाइबर सिरक वितरण गरेको छ ।

जाडोको कारण भूकम्प पीडित चिसोले प्रभावित भएको समाचार शुने पछि आफुहरु पोखरा देखि गोरखा पुगेर ६५ वटा फाइबर सिरक वितण गरेको ब्लड बैक चियर पर्सन लायन सोनाम साङपोले जानकारी दिनु भयो । आफ्नो पहलमा विदेशी साथीहरुको सहयोगले जाडोमा कठ्याङ्ग्रिएर बस्न बाध्य भएका ज्येष्ठ नागरिक र बालबालिका लाई सहयोग गर्न पाउदा खुशी लागेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर लायन धु्रब बहादुर थापाले भूकम्प प्रभावितहरु चिसोको मारमा परेको बताउदै लायन्स क्लबहरुले अहिले सिरक वितरण कार्यक्रम अगाडि बढाएको बताउनु भयो ।

क्लबका प्रथम उपाध्यक्ष लायन रविनसन प्रजुले आफुहरुको सानो सहयोग पनि प्रभावितहरुको लागि ठुलो सहयोग हुने बताउनु भयो । ४ बर्ष भन्दा मुनिका उमेर समुह र ६० बर्ष भन्दा माथी ज्येष्ठ नागरिकहरु लाई सिरक वितरण गरेको उहाँले बताउनु भयो ।

क्लबका अध्यक्ष लायन कृष्ण प्रसाद श्रेष्ठले आफुहरुले ४ सय ५० जना विद्यार्थी लाई गोरखाको नबज्योतिी निमावीमा शैक्षीक सामाग्री सोमबारनै वितरण गरेको बताउन भयो । उहाँले सिरक वितरण संगै बच्चाहरुको लागि जुत्ता वितरण पनि गरेको बताउनु भयो । लायन कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लायन दिनेश तुलाचनाले गर्नु भएको थियो । डण्डीडाँडाकी भुकम्प प्रभावीत ७५ बर्षिय जुनकिरी मगराती सिरक पाएसंगै निकै खुशी हुनुहुन्छ मगरातीले चिसो भुईमा चिसो छेक्ने सिरक विना रातकाट्नु परेको दुखेसो पोख्दै अब भने केही मात्राभए पनि सिरक पाए पछि न्यानोहुने बताउनु भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस