पोखरामा भोलि चार पाङ्ग्रे गाडीलाई पेट्रोल वितरण हुने – विवरण सहित

पोखरा, २२ पौष –
कास्कीमा भोलि मिति २०७२।९।२३ गते बिहिबार नम्वर प्लेटको आधारमा विभिन्न पेट्रोल पम्पबाट चार पाङ्ग्रे गाडीलाई मात्र पेट्रोल वितरण हुने भएको छ । बिहिबार विहान ८ बजे देखि कास्कीका २१ वटा पेट्रोल पम्पबाट १ लाख ५ हजार लिटर पेट्रोल र ३ हजार लिटर डिजल वितरण गरिने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।चार पाङ्ग्रे गाडीलाई १५ सय रुपैया बराबरको पेट्रोल वितरण हुने र सवारी धनीले पेट्रोल लिनको लागि व्लूबुक र परिचय पत्र अनिवार्यरुपमा लिई आउनु पर्ने समेत प्रशासनले जनाएको छ ।
बिहिबार चार पाङ्ग्रे गाडीलाई वितरण हुने पम्प र स्थानहरुको लिस्ट विवरण यसप्रकार छ
उपरोक्त पेट्रोल पम्पहरुबाट तेल वितरण गर्दा अनिवार्य अभिलेख राखी वितरण गर्ने र वितरणको विवरण जिल्ला प्रशासन कार्यालय, कास्कीमा पेश गर्नुपर्ने छ । वितरण हुने उत्त .पेट्रोल मिति २०७२।९।२२ गते साझसम्ममा नेपाल आयल निगम, इन्धन डिपो, गगनगौडाले सम्बन्धीत पम्पहरुमा उपलब्ध गराईसक्नुपर्ने छ ।पेट्रोल वितरणबिहिबार विहान ८ बजे देखि शुरु हुने प्रशासनले बताएको छ । कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्ने प्रयोजनको लागि देहाय बमोजिमको समिति गठन गरी वितरण प्रकृयालाई प्रभावकारी बनाउने निर्णय गरेको प्रसाशन ले जारि गरेको सुचनामा उल्लेख गरिएको छ ।
(क) लेखनाथ पारीको क्षेत्रमा ः
१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य
(ख) पोखरा क्षेत्रमा ः
१. प्रशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य
उपरोक्त बमोजिमको अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गर्नेछ ।