पोखरा, २२ पौष –
लायन्स क्लव अफ पोखरा स्टकले गोर्खाको दलभञ्ज्याङ्ग–८ स्थित दलित बस्तीका भुकम्प पिडितलाई न्यानो कपडा तथा स्टेसनरी सामाग्री वितरण गरेको छ ।
४५ हजार बराबरको जाडोका लागी न्यानो कपडा र १५ हजार बराबरको फुटवल, भलिवल र व्याडमिन्टन लगायतका खेलकुद तथा स्टेसनरी सामाग्री प्रदान गरिएको खेलकुद वितरण सामाग्रीका संयोजक-क्लवका प्रथम उपाध्यक्ष तथा रेडियो अन्नपूर्णका समाचार प्रमुख आरजु विष्ट सल्यानीले बताउनुभयो ।
लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे भिलेजद्धारा क्लवलाई प्रदान गरिएको १० थान फाइवरको सिरक समेत भुकम्प पिडितका लागी प्रदान गरिएको थियो ।
२१ जना लायनहरुको उपस्थितिमा उक्त सामाग्री स्थानिय द ओसन क्लवको सहकार्य तथा पुन युनाइटेड क्लव, सूर्योदय युथ क्लव, नेपाल स्टक हाउस र रनसिङ्ग गर्वुजा पुनको सहयोगमा हस्तान्तरण गरिएको क्लवका अध्यक्ष नारायणहरि भण्डारीले जानकारी दिनुभयो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution