पोखरा, २४ पौष –
कास्कीमा भोलि मिति २०७२।९।२५ गते शनिबार जोर विजोर नम्वरका आधारमा विभिन्न पेट्रोल पम्पबाट मोटरसाईकल-स्कुटरलाई मात्र पेट्रोल वितरण हुने भएको छ । शुक्रबार विहान ८ बजे देखि कास्कीका २३ वटा पेट्रोल पम्पबाट मोटरसाईकल-स्कुटरलाई ९६ हजार लिटर पेट्रोल वितरण गरिने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । मोटरसाईकल ५ सय र स्कुटरलाई ४ सय रुपैया बराबरको पेट्रोल वितरण हुने र सवारी धनीले पेट्रोल लिनको लागि व्लूबुक र परिचय पत्र अनिवार्यरुपमा लिई आउनु पर्ने समेत प्रशासनले जनाएको छ ।
शनिबारको लागि मोटरसाईकल-स्कुटरलाई वितरण हुने पम्प र स्थानहरुको लिस्ट विवरण यसप्रकार छ
निर्णय नं.२ः मिति २०७२।९।२५ गते वितरण हुने ९६ के.एल. पेट्रोल मिति २०७२।९।२४ गते साझ सम्ममा नेपाल आयल निगम, इन्धन डिपो, गगनगौडाले सम्बन्धीत पम्पहरुमा उपलब्ध गराउने ।
निर्णय नं.३ः उपरोक्त पेट्रोल पम्पहरुबाट तोकिएका जोर विजोर नम्बरका मोटर साईकल रु.५०० बराबर र स्कुटरलाई रु.४०० बराबरको पेट्रोल उपलब्ध गराउने ।
निर्णय नं.४ः वितरण मिति २०७२।९।२५गते विहान ८ बजे देखि शुरु हुने ।
निर्णय नं. ५ः सवारी धनीले व्लूबुक अनिवार्यरुपमा लिई आउनु पर्ने ।
निर्णय नं. ६ः भाँडा वा ग्यालेनमा ईन्धन नदिने ।
निर्णय नं.७ः कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्ने प्रयोजनको लागि देहाय बमोजिमको समिति गठन गरी वितरण प्रकृयालाई थप प्रभावकारी बनाउने निर्णय गरियो ।
(क) लेखनाथ पारीको क्षेत्रमा ः
१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य
(ख) पोखरा क्षेत्रमा ः
१. प्रशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य
उपरोक्त बमोजिमको अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गर्नेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution