इनरह्वील क्लव अफ पर्वतको संस्थापना समारोह माघ २ गते

  • पोखरा न्यूज
  • २०७२ पौष २५
इनरह्वील क्लव अफ पर्वतको संस्थापना समारोह माघ २ गते

पर्वत, २५ पौष – 

नेष्डो सुचना विभाग-विश्वकै अग्रणी महिलाहरुको स्वयमसेवी संस्था इन्टरनेशनल इनरह्वील, डिष्ट्रिक ३५० अन्र्तगत गठित इनरह्वील क्लव अफ पर्वतको संस्थापना समारोह यहि माघ २ गते पर्वत जिल्ला सदरमुकाम कुश्मावजारमा हुने भएको छ ।

उक्त संस्थापना समारोहलाई भव्यतापुर्वक सम्पन्न गराउनको लागि ६ सदस्यीय मुल तयारी समिति गठन गरिएको छ । पर्वत सदरमुकाम कुश्मावजारमा अध्यक्ष लक्ष्मी कुमारी मेधासीको अध्यक्षतामा शनिवार सम्पन्न क्लवको वैठकले सो समिति गठन गरेको हो । यसरी गठित समितिमा क्लवका आगामी अध्यक्ष सावित्री खत्री क्षेत्री संयोजक रहनु भएको छ । समितिका अन्य सदस्यहरुमा क्लवका सचिव चन्द्रकला लम्साल पौडेल, सहसचिव ओम्ना क्षेत्री, कोषाध्यक्ष जलन के.सी., सदस्य सिता कुमारी शर्मा, तुलसी वि.पौडेल र लक्ष्मी उपाध्याय रहनु भएको छ ।

साथै वैठकले इनरह्वील डे का अवसरमा शुभकामना आदन प्रदान गरेको छ । जनवरी १० का दिन इनरह्वील डे भएता पनि भोली डिष्ट्रिकले नै केन्द्रिय तहको कार्यक्रम आयोजना गरेको र सो कार्यक्रममा क्लववाट समेत सहभागी हुन जाने हुँदा क्लवले आज नै शुभकामना आदन प्रदान गरेको जनाएको छ ।

विभिन्न पेशा व्यवसायमा संलग्न २४ जना स्वयमसेवी महिलाहरु सदस्य रहेको उक्त क्लवले संस्थापनाको अवसरमा सदरमुकाम स्थित स्थानीय बालमन्दिर प्रा.वि.मा इ–लाईव्रेरीको स्थापना, विभिन्न विद्यालयहरुलाई कम्प्यूटर वितरण, छात्रवृत्ति वितरण लगायत विविध कार्यक्रमको आयोजना गरेको क्लवका अध्यक्ष लक्ष्मी कुमारी मेधासीले वताउनु भयो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस