पोखरा उप-महानगरपालिकाको बजेट चालु आर्थिक वर्ष भन्दा १७ प्रतिशतले बढी

  • पोखरा न्यूज
  • २०७२ पौष २८
पोखरा उप-महानगरपालिकाको बजेट चालु आर्थिक वर्ष भन्दा १७ प्रतिशतले बढी

पोखरा, २८ पौष –

पोखरा उप-महानगरपालिकाको आर्थिक वर्ष २०७३-७४ मा ८७ करोड २० लाख ५५ हजार अनुमानित बजेट पेश गरीएको छ । पोखरा उप—महानगरपालिका कार्यालयको मंगलबार पोखरामा आयोजित २० औं नगर परिषदको सार्वजनीकीकरण कार्यक्रममा नगरपालीकाका प्रमुख-कार्यकारी अधिकृत झलकराम अधिकारीले २०७३-०७४ को बजेट, निती तथा कार्यक्रम सार्वजनीक गर्दै उक्त बजेट पेश गरेका हुन ।

उक्त बजेट चालु आर्थिक बर्ष भन्दा १७ प्रतिशतले बढी रहेको छ । संघ संस्था तर्फ कु्ल बजेट १ अर्व २१ करोड १२ लाको कार्यक्रम पेश भएको प्रमुख अधिकारीले बताए । नगरपालीकाको कुल बजेट मध्ये आन्तरिक आम्दानीतर्फ ४० करोड ३५ लाख रहेको छ भने बाह्यि स्रोततर्फ ४३ करोड ८५ लाख रहेको छ । वैदेशीक साहायताबाट ३ करोड ५५ हजार अनुमान गरीएको छ । आन्तरिक आम्दानीतर्फ स्थानीय कर १३ करोड १२ लाख, सेवा शुल्क ३ करोड १९ लाख, दस्तुरहरुबाट १० करोड, बिक्रीबाट ३ लाख अन्य आम्दानीबाट १ करोड ९३ लाख, वैदेशीक सहायता तथा अन्य निकायबाट अनुदानबापत ४६ करोड ८५ लाख गरी जम्मा ८७ करोड २० लाख बजेट अनुमान गरीएको अधिकारीले जनाए ।

आन्तरीक आय तर्फ गत बर्षको तुलनामा १४ प्रतिशतले बढी हुन आउछ भने प्रशाशनिक खर्च २० प्रतिशत, पुजीगत खर्च ८० प्रतिशत अनुमान गरीएको प्रमुख अधिकारीले जनाए । पुर्वाधार तथा संरचना विकासतर्फ ४२ करोड ७९ लाख ४० हजार अर्थात ४९ प्रतिशत, जनसङख्या तथा सामाजिक विकास तर्फ १७ करोड ३१ लख ९० हजार अर्थात १९ प्रतिशत, कृषि वन तथा वातावरणतर्फ ७ करोड ६४ लाख ५ हजार अर्थात ९ प्रतिशत, भूमि तथा जलश्रोततर्फ २ करोड अर्थात ३ प्रतिशत र प्रशासन तथा संगठनतर्फ १७ करोड २० लाख ५५ हजार प्रक्षेपण गरीएको नगरपालीकाका कार्यकारी अधिकृत अधिकारीले बताए । अघिल्लो बर्षको तुलनामा भने पुर्वाधार विकासमा ११ प्रतिशतले थप रकम प्रस्ताव गरीएको उनले बताए ।

स्थानीय जनसहभागिता वापतको रकम भुक्तानी नगर्ने व्यक्तिको विवरण सम्बन्धि उपभोक्ता समिति, टोल सुधार सििमत तथा सम्बन्धित निकायको सिफारिसमा कालो सुचीमा राखि सार्वजनीक गर्दै त्यस्ता व्यक्ति तथा संस्थालाई पोखरा उपमहानगरपालीका कार्यालयबाट प्रदान गर्ने सेवा सुविधा बन्द गर्ने नीतिालई कडाईका साथ अघि बढाउने भएको अधिकारीले बताए । यस बर्षको नगरपालीकाको बजेट ८० भन्दा बढी प्रतिशत सडक क्षेत्रमा बजेट खर्चने भएको छ ।

“हाम्रो पोखरा राम्रो पोखरा” कार्यक्रम अन्र्तगत मापदण्ड विपरितका संरचनालाई हटाउन २५ लाख, पोखरा प्रबेसद्धार विजयपुर, फेदी र छोरेपाटन लगायतका स्थानमा स्वागतद्धारा निमार्णमा २० लाख, भित्रि सडकमा सौर्य वत्ति राख्न र अम्मरसिंहचोक, पृथ्बीचोक, सृजनाचोक, जिरोकिलोमिटर, हल्लनचोक तथा अन्य मुख्य शहरी सडकहरुमा सौर्य सडक वत्तीको व्यावस्थापनको लागि ३ करोड ७९ लाख सौर्य उर्जा कोष खडा गरीने भएको उनले बताए । एक घर दुई रुख, अपाङग मैत्रि संरचना, वालमैत्रि, भूकम्प प्रतिरोधात्मक संरचना निमार्ण, मापदण्ड पुरा गरेका घरलाई क, तीन वटा मापदण्ड पुरा गरेकालाई ख बर्गमा बर्गीकरण गरी सम्मानको संस्कार विकास गर्ने, जिल्ला विकास समितिको साझेदारी कार्यक्रमको लागि भने ५० लाख विनियोजना गरीएको छ । नेपाल पत्रकार महासंघ कास्कीको सिफारीसमा संचार क्षेत्रलाई १० लाख, जिल्ला खेलकुद विकास समितिको समन्वयमा खेल क्षेत्रमा १५ लाख विनियोजन गरीएको प्रमुख अधिकारीले बताए ।

महिला शशक्तिकरणको लागि महिला विकास कार्यक्रम तर्फ ९८ लाख ४ हजार विनियोजन भएको छ । बालमैत्रि नगरपालीकाको रुपमा सन २०१५ सम्म घोषणा गर्न बालमैत्री स्थानीइ शासनको सुचक परिलक्षित कार्यक्रम संचालन गरीने जसको लागि १ करोड ९७ लाख बजेट विनियोजन भएको छ । फरक क्षमता भएका, अपाङग समुदाय, दलित उत्पिडित आदिवासि समुदाय, मुश्लिम उत्थान, यौनिक तथा तैश्रो लिङगी सहित वेपक्ता परिवारको संरक्षण तथा आत्मनिर्भरताको ठोस कार्यक्रमको लागि ५४ लाख नगर परिसदबाट विनियोजन भएको छ । २० औं नगर परिषदले पोखराको समग्र पर्यटन विकास गुरु योजनाको लागि ९ लाख, २ महिना भित्र प्लाष्टीकको झोला मुक्त शहरको रुपमा घोषणा गरीने, दुई बर्ष भित्रमा नगर भित्रका हरेक घर घरमा धारा बनाउने, फेवाताल संरक्षण, बृक्षारोपण, चौतारा संरक्षण, फोहोर व्यावस्थापन, पोखरीहरुको संरक्षण सहित विभिन्न कार्यक्रम गर्ने भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस