पोखरा, १ माघ –
युनाइटेड क्वलको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी छैठौ संस्करणको पोखरा महोत्सवको दोश्रो दिन २५ हजार दर्शकले अवलोकन गरेका छनभने ७० लाखको कारोवार भएको छ ।
युवाको जांगर राष्ट्र निर्माणको आधार भन्ने मुल नाराका साथ स्थापना कालदेखि पोखरा शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा पोखरामा चिडियाखना निर्माणका लागी पहलकदमी गर्ने उद्देश्यका साथ स्थापना भएको क्लको छैठौ संस्करणको दोश्रो दिन मात्र २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए ।
महोत्सवको दोश्रो दिन शुक्रबार मात्रै ७० लाखको कारोवार भएको समेत लालकाजी गुरुङले जानकारी दिए । महोत्सवका शुक्रबारको दिन लोकदोहोरी गायक रामजी खांडले दोहोरी पारखी दर्शकहरुलाई आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गरेका थिएभने स्थानिय दोहोरीकलाकारहरुले समेत आफ्नो प्रस्तुती प्रदान गरेका थिए । महोत्सवको तेश्रो दिन लोक दोहोरीतर्फ हेमन्त शर्मा, जीवन दाहाल, प्रकाश सपुत, घनश्याम रिजाल, टेक क्षेत्री, सविना गुरुङ, लक्ष्मी बानिया लगायतको प्रस्तुती रहनेछभने पप कन्सर्टतर्फ रोबिन एण्ड न्यु रेभुलुसनको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
पुस १० गते सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी , पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइएको छ ।
छैठौ संस्करणको महोत्सव बाट आम्दानी हुने महोत्सवको बांकी रकम मध्ये २०-२० प्रतिशतका दरले शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्धनका लागी पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण स्थल लेखनाथको वडा नं. ११, १२ , १४ मा रहेको पचभैया, चायापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रमा खुल्ला चिडियाखाना बनाउन छुट्याईने र प्रत्येक टिकटबाट सेती नदी संरक्षणका लागी छुट्याइने भएको छ । क्लवले अहिले सम्म शिक्षा , स्वास्थ्य र खेलकुदको क्षेत्रमा कास्की र आसपासका छिमेकी जिल्लाका विभिन्न ठाउहरुमा सहयोग गर्दै आइरहेको छ । महोत्सवको छैठौ संस्करण सम्म आइपुग्दा चिडियाखाना निर्माणका लागी १५ लाख रुपैया संकलन गरि राष्टिय बाणिज्य बैक तालचोक शाखा निर्माण समितीको खातामा जम्मा गरिसकेको क्लवले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution