ढुंगे साँघुमा भक्तजन तथा दैनिक उपभोग्य बस्तु किन्नेको भिडभाड

  • पोखरा न्यूज
  • २०७२ माघ १
ढुंगे साँघुमा भक्तजन तथा दैनिक उपभोग्य बस्तु किन्नेको भिडभाड

पोखरा, १ माघ – 

माघ १ गते अर्थात मकर संक्रान्ति , यस पर्वको अवसरमा देश भर कन्दमुल खादै मनोकांक्षा पुरा हुने धार्मिक विश्वासका साथ तिर्थस्थलहरुमा दशनार्थीहरुले दर्शन गर्ने गर्दछन ।

यसै क्रममा पोखरा क्षेत्रको धार्मिक तथा ऐतिहासिक तिर्थ स्थल सितापाईलामा रहेको सेतीनदी किनारमा दर्शन गर्नेहरुको विहानै देखि भिड लागेको थियो भने ढुंगेसाँघुमा दैनिक उपभोग्य बस्नु विक्रि वितरण भएको थियो । पोखरा र पोखरा आसपासका सहित कास्कीका छिमेकी जिल्लाबाट समेत दर्शनार्थीहरु दर्शन गर्न आएका थिए ।

दैनिक उपभोग्य बस्तुमा हस्तकलाका सामाग्रि देखि लक्ता कपडा समेत ढुंगेसाँघुको हार्ट बजारमा किन्नेहरुको विहानै देखि भिडभाड भएको थियो । माघे संक्रान्तीको अवसरमा हस्तकला उत्पादन गरेका विभिन्न जातिहरुले आ–आफ्नो जातिय पेशामा आधारित भाडाकुँडा, डोको, नाङलो, माद्रो, मुडा लगायतका बस्तुहरु किन्न भिडभाड भएको थियो । अघिल्ला केहि बर्ष अघि देखि विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा कराँते खेल समेत आयोजना हुदै आएको सो क्षेत्रमा हाल उक्त कार्यक्रमहरु नहुदा सहभागिहरुलाई खल्लो लागेको गुनासो गरेका छन ।

ढुंगेसाँघुमा लामो समयसम्म संचालन हुदै आएको कराँते प्रतियोगिता ढुंगेसाँघु भन्दा केहि टाडा टुटुङगामा संचालन हुदै आएको छ । १५ औं संस्करणको राष्ट्रिय माछापुछ्रे फुल कन्ट्याक कराँते तथा चौथो क्युकुशिन बुदो काई कराँते प्रतियोगिता यस बर्ष पनि टुटुङगामा सफल भएको आयोजक संस्थाका अध्यक्ष ज्ञानेन्द्र माकाजुले बताए । उक्त अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरीएको अन्तराष्ट्रि खेलाडी दिपक गोदारले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस