पोखरा, 6 माघ –
कास्कीमा मिति २०७२-१० -०७ गते बिहिबार नम्वरप्लेटका आधारमा विभिन्न पेट्रोल पम्पबाट चार पांग्रे सवारीसाधनलाई मात्र पेट्रोल वितरण हुने भएको छ । बिहिबार विहान कास्कीका १४ वटा पेट्रोल पम्पबाट चार पांग्रे सवारीसाधनलाई ८४ हजार लिटर पेट्रोल वितरण गरिने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
विहीबारको लागि चारपाग्रे सवारुी साधनहरुलाई वितरण हुने पम्प परिमाण र स्थानहरुको लिस्ट विवरण

उपरोक्त पेट्रोल पम्पहरुबाट तेल वितरण गर्दा अनिवार्य अभिलेख राखी वितरण गर्ने र वितरणको विवरण जिल्ला प्रशासन कार्यालय, कास्कीमा पेश गर्नुपर्ने छ । वितरण हुने उत्त .पेट्रोल मिति २०७२।१० ।०६ गते साझसम्ममा नेपाल आयल निगम, इन्धन डिपो, गगनगौडाले सम्बन्धीत पम्पहरुमा उपलब्ध गराईसक्नुपर्ने छ ।पेट्रोल वितरण मिति २०७२।१० ।०७ गते विहान ८ बजे देखि शुरु हुने प्रशासनले बताएको छ । पेट्रोल पम्पहरुबाट तोकिएका चारपांग्रे सवारीहरुलाई रु.१५००।– बराबरको पेट्रोल उपलब्ध गराउने र भाँडा वा ग्यालेनमा ईन्धन नदिने निर्णय गरेको प्रसाशन ले जारि गरेको सुचनामा उल्लेख गरिएको छ ।





