पोखरामा शुक्रबार बाबाको १ हजार १ सय ७२ वटा ग्याँस वितरण हुने

  • पोखरा न्यूज
  • २०७२ माघ ७
पोखरामा शुक्रबार बाबाको १ हजार १ सय ७२ वटा ग्याँस वितरण हुने

पोखरा, ७  माघ  –

पोखरामा  मिति २०७२।१० ।८  गते बाबाको १ हजार १ सय ७२ वटा खाना पकाउने एल.पी. ग्याँस वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार बाबाको १ हजार १ सय ७२ वटा आधा ग्याँस सिलिण्डर कास्की जिल्लाको पोखरा क्षेत्रमा रहेका ग्याँसका १३ वटा  बिक्रि केन्द्र बाट वितरण हुने भएको हो ।

                        पोखरामा मिति २०७२।१० ।८  गते  बाबाको ग्याँस निम्न विक्रेताहरुबाट निम्न परिमाणमा वितरण गरिदैछ-

magh 8 baba gas

magh 8 baba gas b

यसैबीच ग्याँस लिनको लागि प्रत्येक डिलरकोमा विगतको विक्री परिमाणको अनुपातमा संख्या निर्धारण गरी ग्याँस झार्ने व्यवस्था सम्बन्धित ग्याँस कम्पनीले मिलाउनु पर्ने समेत जिल्ला प्रशासन कार्यलयले जनाएको छ । प्रत्येक विक्री केन्द्रमा पहिले आउने उपभोक्ताले सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि रु.७००।– (सातसय) तिरी ७.१ के.जी. को ग्याँस सिलिण्डर पाउने छन  । ग्याँस विक्री वितरण गर्दा खटिएका सुरक्षाकर्मी, स्थानीय नागरिक समाज, टोल सुधार समिति, आमा समूहको रोहवरमा उपभोक्ताको नाम, ठेगाना, उपभोक्ताको मोवाइल नं. र हस्ताक्षर सहितको अभिलेख राखी वितरण गर्न र सो को अभिलेख जिल्ला प्रशासन कार्यालय, कास्कीमा बुझाउनु पर्ने समेत प्रशासनले उल्लेख गरेको छ  ।

ग्यास  वितरणमा सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले समन्वयात्मक रुपमा मिलाउने   प्रशासनले जनाएको  छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस