
पोखरा, ०८ माघ –
लोकदोहोरी गायिका ज्योति मगरले पोखराको अमरसिंह चौरमा जारी महोत्सवको शुक्रबारको दिन दर्शकहरुलाई आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गरेकी छिन । शुक्रबारको अपराह्न्न ज्योति मगरले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेकी हुन ।
अन्य लोकदोहोरी कलाकार भन्दा फरक शैलीमा स्टेजमा प्रस्तुत हुने ज्योती मगरले विशेष गरी युवाहरुलाई केन्द्रित गरी आफ्नो प्रस्तुती प्रस्तुत गर्दा महोत्सव स्थलमा युवाहरुको जमात उल्लेख्य मात्रामा देखिन्थे । झण्डै आधा दर्जन गीतहरु मार्फत पौने घण्टा प्रस्तुती राखेकी मगरको प्रस्तुतीले अन्य दिनमा भन्दा लोकदोहोरी कार्यक्रमको समयलाई पछाडि सारेको थियो । ज्योति मगरकै कारण शुक्रबार झण्डै ६ बजे सम्म दर्शकहरुले महोत्सवमा सहभागी दर्शकहरु महोत्सव स्थलमा बस्न बाध्य बनेका थिए ।
शनिवार महोत्सवमा अन्तराष्ट्रिय ख्याति प्राप्त ब्याण्ड मन्त्रले पोखरा महोत्सवलाई रौनकता दिने भएको छभने लोकदोहोरी तर्फ कोमल ओली र स्थानिय कलाकारहरु प्रजापति पराजुली, चोलेन्द्र पौडेल, जीवन दाहाल, इन्दिरा गुरुङ, रमा राना मगर लगायतको प्रस्तुती राख्ने कलाकार ब्यवस्थापन संयोजक लोक बहादुर थापाले जानकारी दिए । महोत्सवमा शुक्रबार १६ हजार दर्शकले अवलोकन गरेका छभने १ करोड ६० लाखको कारोवार भएको महोत्सव प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए ।
माघ १० गते सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी , पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइरहेकोे महोत्सवका सचिवालय ब्यवस्थापक सुकवहादुर गुरुङले जानकारी दिए ।
छैठौ संस्करणको महोत्सव बाट आम्दानी हुने महोत्सवको बांकी रकम मध्ये २० -२० प्रतिशतका दरले शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्धनका लागी पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण स्थल लेखनाथको वडा नं. ११, १२ , १४ मा रहेको पचभैया, चायापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रमा खुल्ला चिडियाखाना बनाउन छुट्याईने र प्रत्येक टिकटबाट सेती नदी संरक्षणका लागी छुट्याइने भएको छ । क्लवले अहिले सम्म शिक्षा , स्वास्थ्य र खेलकुदको क्षेत्रमा कास्की र आसपासका छिमेकी जिल्लाका विभिन्न ठाउहरुमा सहयोग गर्दै आइरहेको छ । महोत्सवको छैठौ संस्करण सम्म आइपुग्दा चिडियाखाना निर्माणका लागी १५ लाख रुपैया संकलन गरि राष्टिय बाणिज्य बैक तालचोक शाखा निर्माण समितीको खातामा जम्मा गरिसकेको क्लवले जनाएको छ ।