पोखरा, ०९ माघ –
पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवम शनिवार दर्शकको उल्लासमय सहभागीता रहयो । शनिवार अपरान्ह्ह अमरसिंह चोकमा महोत्सवमा सहभागी हुन आउने दर्शकका कारण महोत्सवको गेट वरपर ट्राफिक जाम नै भयो । शनिवारको दिन रहेकाले महोत्सवमा पोखरा मात्र नभइ छिमेकी जिल्लाका मानिसहरुको समेत सहभागीता रहेकाले दर्शकको ओइरो लागेको हो ।
दर्शकहरुको ओइरो लागेपछि आयोजकले बाहिर निस्कने गेटबाट समेत दर्शकहरुलाई भित्रयाउन बाध्य भएका थिए । महोत्सव स्थल भित्र दर्शकहरुको घुइचोनै लागेको थियो । ४० हजार दर्शकहरुले शनिवार महोत्सवमा सहभागीता जनाएको महोत्सवका प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए । महोत्सवमा शनिवार दर्शकको भीड संगै साढे दुइ करोडको कारोवार भएको छ ।
महोत्सवमा लोकदोहोरी कलाकार कोमल वलीले दर्शहरुलाई लोकदोहोरी मार्फत भरपुर मनोरन्जन प्रदान गरेकी थिइन । महोत्सवको अन्तिम दिन आइतबार सांझ पप कन्सर्ट तर्फ सुगम पोख्रेल र लोक दोहोरी तर्फ चोलेन्द्र पौडेल, जीवन दाहाल, रमा राना मगरको प्रस्तुती रहने कलाकार ब्यवस्थापन संयोजक लोक बहादुर थापाले जानकारी थिए ।
माघ १० गते सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी , पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइरहेकोे महोत्सवका सचिवालय ब्यवस्थापक सुकवहादुर गुरुङले जानकारी दिए ।
छैठौ संस्करणको महोत्सव बाट आम्दानी हुने महोत्सवको बांकी रकम मध्ये २० -२० प्रतिशतका दरले शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्धनका लागी पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण स्थल लेखनाथको वडा नं. ११, १२ , १४ मा रहेको पचभैया, चायापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रमा खुल्ला चिडियाखाना बनाउन छुट्याईने र प्रत्येक टिकटबाट सेती नदी संरक्षणका लागी छुट्याइने भएको छ । क्लवले अहिले सम्म शिक्षा , स्वास्थ्य र खेलकुदको क्षेत्रमा कास्की र आसपासका छिमेकी जिल्लाका विभिन्न ठाउहरुमा सहयोग गर्दै आइरहेको छ । महोत्सवको छैठौ संस्करण सम्म आइपुग्दा चिडियाखाना निर्माणका लागी १५ लाख रुपैया संकलन गरि राष्टिय बाणिज्य बैक तालचोक शाखा निर्माण समितीको खातामा जम्मा गरिसकेको क्लवले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution