पोखरामा सोमबार पेट्रोल र डिजल वितरण हुने – विवरण सहित

  • पोखरा न्यूज
  • २०७२ माघ १७
Post Thumbnail

पोखरा, १७ माघ –

कास्कीमा भोलि मिति २०७२।१०।१८  गते सोमबार  विभिन्न पेट्रोल पम्पबाट चार पाङ्ग्रे गाडीलाई पेट्रोल र डिजल वितरण हुने भएको छ । सोमबार  दिउसो १ः०० बजे देखि कास्कीका २२ वटा पेट्रोल पम्पबाट नम्बर प्लेटको आधारमा चार पांग्रे गाडीलाई १ लाख ४  हजार लिटर पेट्रोल र ३२ ओटा पेट्रोल पम्पहरुबाट विहान ७ः३० बजे २ लाख ५६ हजार लिटर डिजल वितरण गरिने  जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । चार पाङ्ग्रे गाडीलाई १५ सय रुपैया बराबरको पेट्रोल वितरण हुने र  सवारी धनीले पेट्रोल लिनको लागि  व्लूबुक र परिचय पत्र अनिवार्यरुपमा लिई आउनु पर्ने समेत प्रशासनले जनाएको छ   ।

                      मिति २०७२।१०।१८  गते सोमबार चार पाङ्ग्रे गाडीलाई वितरण हुने पम्प र स्थानहरुको लिस्ट विवरण –

petrol

                                      मिति २०७२।१०।१८  गतेको लागि डिजल वितरण हुने पम्प र स्थानहरु –

desel1

desel2

desel3

तोकिएको पेट्रोलपम्प हरुमा लामा दुरीका वसलाई ७ हजार ५ सय, लामा दुरीका ठुलो ट्रकलाई ७ हजार ५ सय , ग्रामिण रुटमा चल्ने बसलाई ३ हजार ५ सय , मिनि वसलाई ३ हजार , हायस माईक्रोलाई ३ हजार, नगरबस-वेगनास बसलाई ३ हजार ५ सय, मिनि, मझौला र लोकल ट्रकहरुलाई २ हजार ५ सय, अन्य निजी डिजेल कार, जिपहरुलाई २ हजार , ठूलो ट्याक्टरहरुलाई १ हजार  , साना ट्याक्टरहरुलाई ५ सय, पर्यटन ठूला बसहरुलाई ५ हजार ५ सय, पर्यटन साना सवारीहरुलाइ २ हजार, खुद्रा माल ढुवानी गाडीहरुलाई १ हजार ५ सयका दरले डिजेल उपलब्ध गराईनेछ ।

कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्ने प्रयोजनको लागि देहाय बमोजिमको समिति गठन गरीएको छ  ।
लेखनाथ पारीको क्षेत्रमा
१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य
पोखरा क्षेत्रमा
१. परशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य

२५६ के.एल. मध्ये ३ के.एल. डिजेल वृटिश गोर्खाको लागि तोकिएको जनाउदै प्रशासनले उपरोक्त बमोजिमको अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गरिने  बताएको छ  ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस