पोखरा, १७ माघ –
तराई पहाड हिमाली हामी सबै नेपाली भन्ने उद्घोषका साथ सामाजिक जागरणका लागि नारी अभियानले तराईमा सिरक तथा कम्बल वितरण गरेको छ ।
सद्भाव बढाउ तराईको सितलहरमा पहाडबाट न्यानो कम्बल पठाउ भन्ने उद्घोषका साथ संकलन गरिएको कम्बल तराईको रौतहट जिल्लाका विपन्न वर्गलाई कम्बल वितरण गरिएको हो । गौर नगरपालीका वडा नं ७ का डुम जातीलाई ५० थान र ढागर टोलका एक सय थान गरी एक सय ५० थान कम्बल छुट्टा छुट्टटै कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले पोख्रेली महिलाहरुले सद्भाव वढाउने उदेश्यले मानवीय कार्य गरेको भन्दै प्रशंसा गरे । साथै तराईको सितलहरमा पहाडबाट कम्बल ल्याएर राष्ट्रिय सद्भाव पुरयाएको भन्दै टोलीलाई स्वागत तथा धन्यवाद ज्ञापन गरे ।अभियानका संयोजक सामाजिक अभियन्ता सुष्मा पौडेलले तराई पहाड हिमाली भन्दा पनी सवै नेपाली भएर मानविय कार्यमा अगाडी बढ्नुपर्ने आवश्यकता औल्याउदै राष्ट्रियताको सम्वन्ध टुट्न नदिन सबै एकजुट हुनुपर्नेमा जोड दिइन् । कार्यक्रम संयोजक ममता गुरुङले कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेकि थिइन् ।
पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष शैलेन्द्र गुप्ताले गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, वार एशोसियसनका पदाधिकारी, पत्रकार, स्थानिय बासी, समाजसेवि, आयोजक टोली लगायतले कम्बल वितरण गरेका थिए । उक्त कार्यक्रममा लक्षीत वर्गको छनौट पत्रकार महासंघ, जिल्ला प्रशासन कार्यलय र बार एशोसियसनले गरेको थियो ।
उक्त कम्बल वितरण कार्यक्रमका लागि पोखराबाट २४ सदस्सीय टोली रौतहट पुगेर फर्कीएको छ । उक्त टोलीमा संयोजक पौडेल, कार्यक्रम संयोजक गुरुङ, अर्थ संयोजक कमला गिरी, समाजसेवि गुप्त लामा, बस व्यवस्थापन संयोजक जमुना तिमील्सीना, सदस्यहरु उर्मीला पौडेल, अञ्जु केसी, उशा गोशेली, संगीता घिमीरे काफ्ले, समाजसेवि मोहन राउत, शोभा पौडेल आचार्य, सुर्य मेनका पौडेल, अंवीका ढकाल,पत्रकार राधिका कडेल र बिनु ठकुरी लगायत रहेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution