पोखरा, २८ माघ –
कास्कीमा मिति २०७२-११-०१ गते शनिबार जोर बिजोर नम्वरप्लेटका आधारमा विभिन्न पेट्रोल पम्पबाट मोटर साईकल र स्कुटरलाई मात्र पेट्रोल वितरण हुने भएको छ । शनिबार विहान ८ बजे देखि कास्कीका ३५ वटा पेट्रोल पम्पबाट १ लाख ६७ हजार लिटर पेट्रोल वितरण गरिने र सवारी धनीले पेट्रोल लिनको लागि व्लूबुक र परिचय पत्र अनिवार्यरुपमा लिई आउनु पर्ने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
शनिबारको लागि पेट्रोल वितरण हुने पम्प परिमाण र स्थानहरुको लिस्ट विवरण
उपरोक्त पेट्रोल पम्पहरुबाट तेल वितरण गर्दा अनिवार्य अभिलेख राखी वितरण गर्ने र वितरणको विवरण जिल्ला प्रशासन कार्यालय, कास्कीमा पेश गर्नुपर्ने छ । वितरण हुने उत्त .पेट्रोल मिति २०७२।१०।२८ गते साझसम्ममा नेपाल आयल निगम, इन्धन डिपो, गगनगौडाले सम्बन्धीत पम्पहरुमा उपलब्ध गराईसक्नुपर्ने छ ।पर्सि विहान ८ बजे देखि उपरोक्त पेट्रोल पम्पहरुबाट तोकिएका जोर विजोर नम्बरका मोटर साईकल रु.८०० बराबर र स्कुटरलाई रु.४०० बराबरको पेट्रोल उपलब्ध गराउने र भाँडा वा ग्यालेनमा ईन्धन नदिने प्रशासनले बताएको छ । कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्ने प्रयोजनको लागि देहाय बमोजिमको समिति गठन गरी वितरण प्रकृयालाई प्रभावकारी बनाउने निर्णय गरेको प्रसाशन ले जारि गरेको सुचनामा उल्लेख गरिएको छ ।
१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य
१. प्रशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य
उपरोक्त बमोजिमको अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गर्नेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution