लेखनाथ, ०८ फागुन –
कास्कीको लेखनाथमा आयोजित १२ औं लेखनाथ महोत्सवमा शनिवार दर्शक उर्लिदा आयोजकलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । महोत्सवमा विहानै देखी दर्शक ओइरिदा व्यवस्थापन गर्न कठिनाई परेको हो ।
शनिवार मात्र ३५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको र झण्डै दुई करोडको कारोबार भएको लेखनाथ उद्योग बाणिज्य संघका महासचिव छत्रधर आत्रेयले जानकारी दिए । विदाको सदुपयोग गर्दै स—परिवार महोत्सवको अवलोकन गर्नेहरुको संख्या उल्लेख्य थियो । मौसमले समेत साथ दिए पछि बालबालिकालाई मनोरञ्जन दिलाउन र परिवार सहित एक दिनको समय विताउन महोत्सव उत्कृष्ट गन्तव्य बनेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले बताए ।
अधिक व्यापार हुँदा प्राय सवै स्टलका व्यवसायी सन्तुष्ट बनेको अधिकारीले जानकारी दिए । महोत्सवमा चर्चित गायक हेमन्त शर्मा, कुलेन्द्र वि.क र प्रिति आलेले दर्शकलाई नचाएका थिए । तीनै जना कलाकारले झण्डै एक दर्जन गित संगित प्रस्तुत गरेका थिए । भने उनिहरुलाई जीवन दाहाल, शिवहरी ढुंगाना लगायतले साथ दिएका थिए ।
महोत्सवमा यसपाली पनि दर्शकले मनोरन्जन सँगै आवश्यक घरायसी सामाग्री खरिदको रुपमा सदुपयोग गरेका छन् । सवैभन्दा बढी गार्मेन्ट तथा भाडाका सामानहरु विक्री भएको स्टलवालाले बताए । कृषिजन्य उत्पादनमा ताजा तरकारी र डेरीजन्य पदार्थको पनि राम्रो व्यापार भएको छ । चितवनबाट लेखनाथमा स्टल राखिएको केराका पाक्य सामाग्रीमा पनि दर्शकको मन तानिएको छ । यसैगरी सुरतालका कलाकारले पनि स्टेज तताएका थिए ।
महोत्सवमा आइतबार पनि चर्चित गायकहरु खुमन अधिकारी, राम्जी पौडेल, रमिला न्यौपाने, कृष्ण देवकोटा, जीबन दाहाल, विजय के.सी, शरला पाण्डे, शिवहरी ढुंगाना, विना सुवेदी लगायतले लोक गीत संगित प्रस्तुत गर्ने स्टेज व्यवस्थापन उपसमितिका संयोजक एवं बरिष्ठ उद्घोषक नेत्रपाणि बास्तोलाले जानकारी दिए ।
यसैगरी पप तर्फ प्रिति आले, कमल खत्री, राजेश वर्देवा र शरिता प्रजापतिको प्रस्तुती रहने छ भने हास्य व्यङ्ग तर्फ सुरज भिरखोइरेले मनोरन्जन प्रदान गर्ने छन् ।
फागुन १६ गतेसम्म चल्ने महोत्सवमा विभिन्न क्षेत्रका ३ सय भन्दा बढी स्टल राखिएका छन् । हिमालको चौरी देखी मरुभूमिको उट तथा सवैभन्दा धेरै तौल भएको चरा अस्ट्रिज पनि बालबालिकाको लागि मनोरन्जनका माध्यम बनेका छन् । बाल उद्यानले सवैभन्दा बढी बालबालिकालाई आर्कषित गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution