पोखरा, २२ फागुन –
राप्रपा नेपाल कास्कीले शनिवार कास्की जिल्लाको क्षेत्र नं. २ अन्तर्गत पोखरा १० बुद्धचोक र क्षेत्र नं. ४ अन्तर्गत पोखरा १ हरिचोकमा भेला सम्पन्न भएको छ ।
हरेक वडा, क्षेत्रमा राप्रपा नेपाल भन्ने राप्रपा नेपालको राष्ट्रिय अभियानलाई सार्थक तुल्याउनको लागि भेला आयोजना गरिएको अञ्चल सचिव तथा राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै भेलाका क्षेत्र नं. ४ का प्रमुख अतिथि केन्द्रीय सदस्य तथा धौलागिरी संयोजक कुल बहादुर गुरुङ्ग कुलुले म गैर हिन्दु भएर पनि हिन्दुराष्ट्रको पक्षमा लडिरहेको बताउँदै तपाईहरुले किन हिन्दु राष्ट्रको विरुद्धमा वकालत गर्न हिचकिचाउनु भएको छ भनि प्रश्न गर्नुभयो । उहाँले राज संस्था र हिन्दु राष्ट्रको पक्षमा राप्रपा नेपाल सँधै लडिरहने बताउनुभयो ।
कार्यक्रम अन्तर्गत क्षेत्र नं. २ का प्रमुख अतिथि केन्द्रीय सदस्य रोम बहादुर भण्डारीले शुरुवात आफ्नै घरबाट शुरु गर्नुपर्ने बताउँदै माओवादी, एमाले, काँग्रेस नभई राष्ट्र बचाउनको लागि राप्रपा नेपाल भई होस्टेमा हैंसे गरी अगाडि बढ्नुपर्ने नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष जयलाल पुनले ६ सय १ लाई राजा बनाउन भन्दा एउटै राजा बनाएर देशको संबृद्धिको लागि अगाडि बढ्नुपर्नेमा ठूला भनाउँदा नेताहरुलाई आग्रह गर्नुभयो । भ्रष्टाचार शासन मुक्त र भ्रष्टाचारीलाई राप्रपा नेपालले नछोड्ने र हिन्दु र राजसंस्थाको लागि राप्रपा नेपाल सधैं लडिरहने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु शिवकुमार बास्तोला, देवीजंग गुरुङ्ग, प्रशिक्षण विभागका केन्द्रीय सदस्य बरुणबिक्रम राणा, पार्टी उपाध्यक्षहरु युवा नेता प्रेम मल्ल, नेत्रबहादुर बस्नेत, बुद्धिमान दुरा धम्पु, भीम भण्डारी, जिल्ला सहसचिव रन्जना सेन पौडेल, क्षेत्रीय अध्यक्षहरु गीता गुरुङ्ग, जीवन कुँवर, सुशीला वाग्ले, मोतिमा शाक्य, टिकाराम अधिकारी, नगर अध्यक्ष महेन्द्र कार्की, मनविर गुरुङ्ग ढासा, सुब्बा वि.क., समशेर गुरुङ्ग, डण्डीराज आचार्य लगायतले बोलेका थिए ।
कार्यक्रम अन्तर्गत पोखरा १० मा देउ बहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन, वडा नं. १ मा विनु राणाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । केन्द्रीय सदस्य शमशेर गुरुङ्गको संयोजकत्वमा राष्ट्रिय युवा मोर्चा हरिचोक गठन गरिएको छ । वडा नं. १० मा सावित्री केसीको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल गठन गरिएको छ ।
कार्यक्रमको संचालन वडा नं. १० मा अञ्चल सचिव तथा राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बास्तोला र वडा नं. १ मा क्षेत्रीय सचिव तिर्थराज सुवेदीले गर्नुभएको थियो ।
उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपालमा प्रवेश गर्ने विभिन्न व्यक्तिहरुलाई प्रमुख अतिथि तथा जिल्ला अध्यक्षले खादा तथा अविर लगाएर स्वागत गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution