पोखरा, २३ फागुन –
१ सय छैटौँ अन्तराष्ट्रिय महिला दिवस ( मार्च ८ ) पोखरामा विविध कार्यक्रमको आयोजना गरि मनाइँने भएको छ । दिवसको अवसरमा मानवअधिकारसँग सम्बन्धित संघसंस्थाहरुले विविध कार्यक्रमको आयोजना गरि मनाउने भएको आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
यस वर्षको दिवसको नारा ‘‘लैङ्गिक समानताका लागि पाइला हाराहारी, सन् २०३० सम्म महिला हिंसा बराबरी’’ र ‘‘संविधानलाई व्यवहारमा उतारौँ, महिला अधिकार सुनिश्चित गरौँ’’ भन्ने तय गरिइएको छ ।
दिवसको दिन २५ गते – मार्च ८ ) मंगलबार सचेतनामुलक रयालीको आयोजना गरिने भएको छ । १ सय ६ औँ अन्तराष्ट्रिय महिला दिवस मुल समारोह समितिको आयोजना र विभिन्न संघसंस्थाको सहकार्यमा हुने रयाली पृत्वीचोकबाटबाट सुरु भएर नयाँबजार हुदैँ सभागृहमा पुगेर सभामा परिणत हुने महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मीदेवी जि.सीले जानकारी दिनुभयो । कार्यक्रममा महिला तथा बालकािलका माथि हुने हिंसा विरुद्ध अभियान र ८ मार्चमा कार्यालय अन्तरगत रहेका संस्था मध्ये उत्कृष्ट संस्था, कार्यालयका कर्मचारी, सामाजिक परिचालिका र महिला सशक्तिकरणको क्षेत्रमा राम्रो काम गरि आत्मनिर्भर रहेको महिलालाई प्रशंसा पत्र वितरण गरिने भएको छ ।
सोही दिन रेडियो अन्नपूर्णले मध्यान्ह १२ बजे देखि २ बजे सम्म नेपाल संविधान २०७२ मा महिला हक र कार्यान्वयनमा चुनौति विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । त्यस्तै थुमाकोडाँडा गाविसमा जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना गाविसका २ सय जना महिलाहरुको पाठेघरको मुखको परिक्षण, घाचोक गाविसमा गाविस स्तरिय महिला विकास सञ्जालको आयोजनामा वक्तृत्वकला, लोकगीत गायक गायिकाहरुका गीत प्रस्तुत, म्यूजिकल चियर, १ देखि ९ वडाका स्वंय सेविकाहरुलाई सम्मान र ५० वर्ष भन्दा मुनिका एकल महिलालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
दिवसकै अवसरमा विद्यमान कानुन र संशोधित कानुन सम्बन्धी ब्रोसर छपाई र वितरण, सडक नाटक र कचहरी नाटक प्रदर्शन, वर्तमान संविधानमा रहेको महिलाको हक अधिकार सम्बन्धि जानकारी मुलक कार्यक्रम, सार्वजनिक स्थलमा हुने हिंसा विरुद्धको अभियान, सुचना केन्द्र स्थापना, कानुन सचेतना, सेफ होमको किशोरी र महिलाहरुलाई सचेतना कार्यक्रम र रेडियो कार्यक्रम, सचेतना कार्यक्रम, सिपमुलक तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण साथै सत्पादन सामाग्री बिक्री वितरण, लोकगीत प्रतियोगिता, महिला दिवसको महत्वको जानकारी, कपडा सिलाई मेशिन वितरण लगायतका कार्यक्रमहरु आयोजना गरिने उक्त पत्रकार सम्मेलनमा जानकारी दिएको हो । यसवर्ष यसअघि कार्यक्रम दोहोरिएका गाविस बाहेक अन्य गाविसमा कार्यक्रम आयोजना गरिएको जि.सीले जानकारी दिनुभयो ।
दिवसमा कार्यक्रम आयोजना गर्ने संस्थाहरुमा महिला तथा बालबलिका कार्यालयसँगै जिल्ला विकास समिति कास्की, गैर सरकारी संस्था, सामी परियोजना, सृजना विकास केन्द्र, बाल तथा महिला सशक्तिकरण सञ्जाल समिति, ल्याक, थ्रीएन्जल्स, गण्डकी बहिरा संघ, आमा मिलन केन्द्र, कोपिला नेपालले समन्वय गरेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution