पोखरामा हुने सार्क विदेशमन्त्री स्तरीय बैठकको मिति नजिकिदै गर्दा व्यवस्थापन कार्य तिब्र

ढाका मोहन बराल (गणेस)
पोखरा २४, फागुन-

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेशमन्त्री स्तरीय बैठक पोखरामा हुनेभएसँगै यस क्षेत्रको भौतिक पूर्वाधार निर्माण तथा सरसफाई  व्यवस्थापन  लाइ तिब्रताका साथ अगाडी बढाइएको छ।

पोखराको पाँच तारे होटल ग्राण्डमा पहिलो पटक सार्क मन्त्री स्तरीय बैठक हुने भए पछि यहाँको विग्रे भत्केको सडकमा नगरपालीका तथा स्थानीय निकायको ध्यानआकषर्ण भएको छ। हिजोआज सडक क्षेत्रमा रहेका  खाल्टा खुल्टी पुर्नको लागि मर्मत कार्य  तिब्र पारिएको  छ भने सडक वरिपरी सरसफाई समेत गर्न  थालिएको  छ । आगामी चैत्र १ गते देखि ४ गतेसम्म अर्थात मार्च १४ देखि १७ तारिख सम्म होटल ग्राण्डमा सो बैठक आयोजना हुदैछ ।

अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन कुनै पनि ठाउँमा हुदा स्वाभाविक रुपमा उक्त ठाउँको बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चर्चा परिचर्चा हुनेनै गर्दछ । राष्ट्र प्रमुख र सरकार प्रमुख बाहेकको सार्क मन्त्री स्तरको बैठक मोफसलमा पोखरामा नै पहिलो पटक हुन लाग्नुले पनि पोखरा र पोखरेली लाई गर्वको बिषय बनेको छ । मिनी शिखर सम्मेलनको रुपमा हेरिने यो  बैठकलाइ अर्थपूर्ण रुपमा लिने गरीन्छ ।

पोखरा जस्तो ठाँउमा पहिलो पटक सार्क मन्त्री स्तरीय बैठक आयोजना गर्ने निर्णयले आफुहरु खुसि हुदै यहाँको सरसफाई, बृक्षरोपण र सडक मर्मत कार्यमा आहोरात्र खटिएर लागेको पश्चिमाञ्चल क्षेत्रिय प्रशासक शंकर प्रसाद कोइरालाले पोखरान्युजडटकमलाइ बताए । उनले भने “भूकम्प र आपुर्ति असहज भएको कारणले गर्दा यहाँको पर्यटन व्यवसायमा परेको नकारात्मक प्रभावलाई सार्क मन्त्री स्तरको कैठकले धेरै हदसम्म उकास्न मद्धत पुग्नेछ ।” पोखरा क्षेत्रमा भत्केका तथा खाल्टा खुल्टी परेका तथा जिर्ण सडकहरु मर्मत गर्नको लागि सडक डिभिजन कार्यालय पोखरा र पोखरा उपमहानगरपालीका कार्यालयको समन्वयमा मर्मत कार्य तिव्र पारिएको क्षेत्रिय प्रशासक कोइरालाले पोखरान्युजडटकमलाइ  बताए । पोखराका मुख्य चोक तथा सडक वरिपरिक  केहि क्षेत्रमा वृक्षारोपण गर्ने  देखि सरसफाई गर्ने  कार्यलाई सँगसंगै अगाडी बढाइएको उनले बताए ।

बैठकको ब्यबस्थापनको  लागिनै भनेर चार वटा समिति – अत्यावश्यक सेवा , आपतकालीन सेवा, स्वागतद्वार निर्माण तथा सौन्दर्य ब्यबस्थापन र भौतिक पुर्बाधार निर्माण र सरसफाई व्यवस्था समित बनाई द्रुतगतिमा काम अघि बढाइएको र २६ गते साझ सम्ममा सम्पूर्ण तयारी पुरा भइसक्ने पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलक राम अधिकारीले पोखरान्युजडटकमलाइ बताए । उनका अनुसार ३ गते बेलुका प्रधानमन्त्री ओलिले  बैठकमा सहभागीहरुको सम्मानमा पोखराको साँग्रिला होटलमा डिनरको आयोजना गर्नेछन भने ४ गते बिहान फिस्टेल होटलमा लन्च पस्चात सहभागीहरु काठमाडौंको लागि प्रस्थान गर्नेछन । प्रधान्मत्री होटल साँग्रिलामा र विदेशमन्त्री हरु होटल ग्रान्ड मा बस्ने जानकारी आएको अधिकारीले पोखरान्युजडटकमलाइ बताए ।

पाकिस्तानमा हुने सार्क सम्मेलनको बिषयमा समेत बैठकमा छलफल हुने बताइएको छ । विभिन्न देशका सहसचिव देखि मन्त्रीसम्मका व्यक्तिहरुको सहभागिताले चैत्र महिनाको पहिलो साता पोखरामा निकै चहल पहन हुने भए पनि शान्ति सुरक्षालाई पनि प्रशासनले रणनितिक योजनाका साथ अघि बढाएको बुझिएको छ ।

नेपाल सहित आठ मुलुकका सहसचिव देखि, सचिव स्तरीय हुदै मन्त्रीसम्मको चीन चरणमा छुट्टा छुट्टै बैठक हुने भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता तारा पोखरेलले पोखरान्युजडटकमलाइ बताए । १ गते सहसचिव स्तरीय, २ गते पररास्ट्र सचिब स्तरीय, ३ गते मन्त्रि स्तरीय, बैठक बस्ने छ भने  उक्त बैठकमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलङका, माल्दीप्स, पाकिस्तान र अफ्गानिस्तानबाट सहभागिहरु आउने  भएका हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button