पोर्क महोत्सव स्थल पोखरा रंगशालामा नेपाली सेनाद्वारा सरसफाई

पोखरा, ०३ चैत्र –

पोर्क फेस्टिभलको पूर्व सन्ध्यामा महोत्सव स्थल पोखरा रंगशालामा नेपाली सेनाद्धारा सरसफाइ गरिएको छ । महोत्सव स्थल रंगशालामा बुधवार नेपाली सेना सिद्धिबक्स गण फुलबारीका मेजर बोधराज ढकालको नेतृत्वमा गएको टोलीले सरसफाइ गरेको हो । टोलीले महोत्सव स्थल वरपरका फोहोरहरु संकलन गर्नुका साथै वरपर रहेका ढुंगाहरु समेत हटाएको छ । साथै अफ्ठ्यारा ठाउहरुमा बाटो समेत मर्मत गरेको थियो । चैत्र ५, ६ र ७ गते पोखरामा बंगुर ब्यवशायी संघ कास्कीको आयोजनामा पोर्क महोत्सव हुदैछ । बंगुर ब्यवशायी किसान संगै बंगुरको मासुबाट बन्ने परिकारको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरामा नै पहिलो पटक आयोजना महोत्सवको आयोजना गर्न लागिएको हो ।

महोत्सवमा बंगुरको मासुबाट बन्ने विभिन्न परिकारहरु बंगुरको मःमः, चाउमिन, सेकुवा, ससेज, अचार विभिन्न विदेशी परिकारहरु चाइनिज र कोरियन परिकारहरुको स्वाद महोत्सवमा आउने दर्शकहरुले लिन पाउनेछन भने महोत्सवको प्रवेश टिकटमा दर्शकहरुले टिकट बरावरको कुनैपनि पोर्क आइटमको स्वाद लिन पाउने छन ।

महोत्सवमा विशेष गरी बंगुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तिय संस्थाको बारे जानकारी तथा प्राविधिक परामर्श, बंगुरको बधशाला तथा प्रशोधनका वारेमा जानकारीमुलक स्टलहरु, पोर्कका विभिन्न परिकारका स्टलहरु, सेफद्वारा परिकारहरुको तयारीको प्रदर्शन, बंगुर उत्पादन देखि बजारी करणमा प्रयोग हुने विभिन्न औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको मासुको प्रशोधन तथा परिकार बनाउने सम्बन्धी तालिम, बंगुरपालक किसानहरु बीच अन्तरक्रिया, मासु उत्पादनमा प्रयोग हुने औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको दाना सम्बन्धी जानकारी, बंगुरपालनमा देखिएका संभावना तथा चुनौतीहरुको बारेमा परामर्श तथा छलफल, विभिन्न जातजातिका झाकी तथा रयाली प्रतियोगिता विभिन्न जातजातिका नृत्य तथा झाकीहरु, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुद्धारा लोक तथा दोहोरी गीत, नृत्य, संगित, कन्सर्ट तथा विभिन्न प्रतियोगिताहरु हुनेछन ।

त्यस बाहेक महोत्सवले बंगुरपालन क्षेत्र तथा बंगुरजन्य व्यवसायको प्रबद्र्धन र विकास गर्ने, लिन पोर्कको बजारीकरणलाई प्रोत्साहन गर्ने, उपभोक्तालाई स्वच्छ तथा स्वस्थ्य वंगुरको मासु उपलब्ध गराउनको लागि बंगुर काट्न अघि र काटि सकेपछि पशु चिकित्सकद्धारा निरिक्षण गर्ने परिपाटिको बिकास गर्ने, बंगुर उत्पादनका लागि आहाराको विकास, गोठ सुधार तथा यान्त्रीकरणका लागि प्रोत्साहन गर्न, पोर्कका विभिन्न परिकारहरु रेष्टुरेन्ट तथा होटेलहरुमा समावेस गर्न प्रोत्साहन गर्नका लागी महोत्सवले उल्लेख्य भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

पोखरा लाइभस्टक प्रा. लि. बंगुर फार्मको मूख्य प्रायोजन, बंगुर ब्रिडर कृषक सहकारी संस्था लिमिटेडको प्रायोजन तथा क्षेत्रिय बंगुर ब्रिडर समूहको सहप्रायोजनमा हुने महोत्सवमा नेपाल सरकार, पशुपंक्षी बिकास मन्त्रालय पशु सेवा विभाग, पशु उत्पादन निर्देशनालय, केन्द्रिय बंगुर तथा कुखुरा प्रवद्र्धन कार्यालय, पशुपंक्षी बजार प्रबद्र्धन निर्देशनालय, क्षेत्रिय पशु सेवा निर्देशनालय, ब्यवशायिक कृषि तथा ब्यापार आयोजना, जिल्ला पशु सेवा कार्यालय कास्की, युके एड, सिप्रेड÷सामर्थको सह आयोजना रहने छ भने पोखरा उपमहानगर पालिका , जिल्ला बिकास समिती कास्की, लेखनाथ नगरपालिका, क्षेत्रिय खेलकुद बिकास समिती पोखरा , जिल्ला खेलकुद बिकास समिती कास्की,े सहयोेग रहने छ । महोत्सवमा बंगुर ब्यवशायी संघ नेपालको विशेष सहयोग रहने भएको छ । महोत्सवको चैत्र ५ गते सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्नेछन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button