चारभञ्ज्याङ तमु समाज र हिमाली गुरुङ परिवारद्वारा श्रमदान

  • पोखरा न्यूज
  • २०७२ चैत्र ७
Post Thumbnail

पोखरा, ०७ चैत्र –

पोखरा १० रामघाटस्थित बौद्ध अर्घौं सदनले वर्षायाममा दाहसंस्कार, सदनमा विशेष पुजा, नियमित पुजा पाठ, कर्मकाण्ठ, मृत संस्कारमा आवाश्यक दाउरा खरिद गरिएकोमा दाउरा व्यवस्थापनका लागि आइतवार चारभञ्ज्याङ तमु समाज र हिमाली गुरुङ परिवारका सदस्यहरुको श्रमदान गरेका छन् ।

बौद्ध अर्घौं सदनले खरिद गरेको करिब ३० लाखको रुपैया सदनस्थित ट्रष्टभित्र व्यवस्थापनका लागि करिब २ लाख खर्च लाग्ने भएकाले तमु समाजहरुलाई श्रमदानका लागि सदनले आग्रह गरे पश्चात विगतका वर्षहरुमा झै श्रमदानको क्रममा आइतवार चारभञ्ज्याङ र हिमाली गुरुङ परिवारका एक सय भन्दा बढी सदस्यहरु जुटेका थिए ।

दाउरा व्यवस्थापनका लागि चारभञ्ज्याङ तमु समाजका अध्यक्ष सुवेदार मेजर नारायणसिंह गुरुङ र हिमाली गुरुङ परिवारका अध्यक्ष सुवेदार कृष्णबहादुर गुरुङले नेतृत्व गर्नुभएको थियो । श्रमदानमा जुट्नु भएका समाजका अध्यक्ष लगायत सदस्यहरुलाई सदनका कोषाध्यक्ष बिल बहादुर गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सदनको तर्फबाट जलपानको व्यवस्था गरिएको थियो ।

यसभन्दा अघि जनकल्याण तमु, चिउली पार्चे तमु समाज, नादा तमु समाज र सिद्धार्थ तमु समाजका सदस्यहरुले दाउरा व्यवस्थापनका लागि सहयोग गरिसकेकाछन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस