दोस्रो मिर्लुङ्गकोट पर्यटन महोत्सव चैत्र १७ देखि हुने

  • पोखरा न्यूज
  • २०७२ चैत्र ९
दोस्रो मिर्लुङ्गकोट पर्यटन महोत्सव चैत्र १७ देखि हुने

पोखरा, ९ चैत्र –

मिर्लुङ्गकोट पर्यटन सूचना केन्द्र तथा पर्यटन मार्ग तनहुँ, लमजुङ र कास्कीको आयोजनामा दोस्रो मिर्लुङ्गकोट पर्यटन महोत्सव २०७२ आयोजना हुने भएको छ ।

मंगलबार पोखरामा आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी दिएको जानकारी अनुसार महोत्सव मिर्लुङ्गकोट रानीपोखरीमा यहि चैत्र १७ देखि १९ गते सम्म चल्ने छ । संस्कृति तथा नागरिक उडड्यान मन्त्री आनन्दप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा हुने महोत्सवको तयारी तिव्र रुपमा अगाडी बढेको दोस्रो मिर्लुङ्गकोट पर्यटन महोत्सवका संयोजक सुशिलचन्द्र भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिए।

महोत्सवको मुख्य आर्कषणमा पर्यटन विकास सम्बन्धी अन्र्तक्रिया कार्यक्रम, मावि स्तरीय छात्र दौड, साँस्कृतिक कार्यक्रम, लोक दोहोरी, साँस्कृतिक झाँकी प्रदर्शनी, प्याराग्लाइडिङ, कृषि प्रदर्शनी, जडीबुटी प्रदर्शनी, साँस्कृतिक ग्राम भ्रमण, धार्मीक एवं ऐतिहासिक स्थलको भम्रण रहेको छ । यसैगरी आदिवासी जनजातीय भेषभुषा, स्थानीय खानाका परिकारहरु, ताजा तरकारी, स्थानीय जडिबुटि तथा कन्दमुलको प्रदर्शनी रहने संयोजक भण्डारीले बताए । महोत्सवमा १४ लाख आम्दानी हुने र १२ लाख ४४ हजार खर्च हुने आयोजकले अनुमान गरेका छन् । महोत्सवलाई सफल बनाउन विभिन्न सरकारी तथा गैरसरकारी सघंसस्था एवं व्यक्तिहरुको सहयोग रहने भण्डारीले बताए । पत्रकार सम्मेलनमा वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले पर्यटन महोत्सव सफलताको शुभकामना दिएका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस