भुकम्प पीडितका लागि संकलित राहत र वितरणको हरहिसाब पोखराका दुई दिदिवहिनीद्वारा सार्वजनिक

पोखरा, ११ चैत्र –

भुकम्प पीडितका लागि संकलित राहत र वितरणको हरहिसाव पोखराका दुई समाजसेवी दिदिवहिनीले सार्वजनिक गर्नुभएको छ ।

तमु धिं नेपालकी महासचिव समेत रहनु भएकी समाजसेवी रुद्रकुमारी गुरुङ मैना र पोखरा ११ फूलवारीस्थित कञ्चनजंगा इङ्गिलस बोर्डिङ स्कुलको व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएकी समाजसेवी लक्ष्मी गुरुङले भुकम्प पीडितका लागि देश विदेशबाट संकलित राहत र वितरण बारे जानकारी गराउनुभएको छ । सामाजिक उत्तरदायित्वका लागि संकलित राहत र वितरण गरिएको विवरण सामाजिक पारदर्शिताका लागि पोखरामा विहीवार पत्रकार सम्मेलन सार्वजनिक गर्नुभएको हो ।

earthquake donation 2

गत बैशाख १२ र २९ गतेको बिनासकारी महाभुकम्प पश्चात दुई दिदिवहिनीले भुकम्प पीडितका लागि २० लाख ७० हजार ९१३ रुपैया संकलन गरी २० लाख ९५ हजार ४१३ रुपैया राहत वितरण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

अमेरिका रहनु भएकी आफ्नी छोरी चाटर्ड एकाउण्टेण्ट कमला, ज्वाई इञ्जिनियर सरोज गुरुङ, छोरा सचिन गुरुङ समेतबाट संकलित ५ लाख ८० हजार, युकेमा रहनु भएका काका राज गुरुङबाट १ लाख ५ हजार, तमु समाज बेल्जियमबाट प्राप्त ३ लाख १२ हजार ५०८ र आफ्नो तर्फबाट २४ हजार ५ सय गरी तमु धिं नेपालकी महासचिव समाजसेवी रुद्रकुमारी गुरुङ मैनाले १० लाख २२ हजार ८ रुपैया संकलन भएको र गोरखाको मिलिङ, सिमजुङ, सौरपानी, लाप्राक, गोरखा बजार, लमजुङको इलमपोखरी, तनहुँको फिरफिरे लामागाँउ, कास्कीको माछापुछ्रे गाविस, पोखराका विभिन्न हस्पिटलमा रहेका घाइतेहरु, तमु धिं नेपालले स्थापना गरेको भुकम्प पीडित पुर्नस्थापना केन्द्र लगायतमा राहत वितरण गरेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

भुकम्प पीडितलाई तत्काल आवाश्यक औषधि, खाना, खाद्यान्न, लुगा, लत्ताकपडा, झोला, विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्रीहरु, सोलार बत्ती, त्रिपाल, जस्तापाता सहित नगद वितरण गरिएको उहाँले बताउनुभयो । राहत संकलनको अभियान भन्दा पनि विदेशमा रहेका आफन्तजन र संस्थाहरुबाट प्राप्त सहयोगलाई बास्तविक पीडित समक्ष पुर्याउन पाउँदा धेरै जोखिम यात्रा, दुखहरु पनि भुल्ने गरेको र पीडितलाई थोरै सहयोग गर्न पाउदा आफुलाई अत्यन्तै सन्तुष्ति मिलेको महासचिव रुद्रकुमारी गुरुङ मैनाले बताउनुहुदै राहत सहयोग गर्नुहुने सहयोगीहरु र राहत वितरणमा साथ दिनुहुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यसरी नै भुकम्प पीडितको राहतका लागि अभियन्ता बन्नु भएकी कञ्चनजंगा इङ्गिस बोर्डिङ्ग स्कुलका व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले आफु नर्वेमा कार्यरत रहदा मिर्गौला पीडितको सहयोगका लागि संकलित २४ हजारबाट शुरु गरिएको राहत संकलन बेल्जियम, मकाउ, अमेरिका, साउदी अरब, हङकङ, कतार, युके, बहराइन, पोर्चुगल, दुवई मलेशिया, अष्ट्रेलिया र नेपालका आफन्त दाजुभाई दिदिवहिनी र संघसंस्थाबाट १० लाख ७३ हजार ४०५ रुपैया भुकम्प पीडित राहत संकलन भएको बताउनुभयो ।

विद्यालय परिवारको समेत समन्वयमा संकलित राहत धादिङको कल्लेरी गाँउबाट वितरण शुरु गरी गोरखाको लाप्राकमा अन्तिम राहत वितरण गरेको समाजसेवी लक्ष्मी गुरुङले बताउनुभयो । संकलित राहत धादिङको कल्लेरी र दार्खा, गोरखाको राङरुङ केन्द्रबाट वारपाक, मान्द्रे र लाप्राक, यसरी नै गोखरा बजार र पुनः लाप्राक, तनहुँको फिरफिरे लामागाँउ, लमजुङको इलमपोखरी, सिन्धुपाल्चोकको चौतारा, कास्कीको नेपाल रेडक्रस सोसाईटी, तमु साँस्कृतिक प्रतिष्ठान भुकम्प पीडित विद्यार्थी राहतकोष, तालपारी र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको भुकम्प पीडित घाइतेहरुलाई राहत वितरण गरेको पत्रकार सम्मेलनमा गुरुङले बताउनुभयो ।

संकलित राहतबाट अभियन्ता गुरुङले भुकम्प पीडितहरुलाई लत्ताकपडा, त्रिपाल, खाद्यान्न, जस्तापाता, खानेपानी ट्याङ्की, पीडित विद्यार्थी राहत, सोलार वत्ती, पुर्ननिर्माण कोष लगायतमा उक्त राहत रकम खर्चेको उहाँले जानकारी दिनुभयो ।

अभियन्ता लक्ष्मी गुरुङले राहत संकलन र वितरणमा धेरै दुख कष्ट समस्याहरु भए पनि पीडितलाई राहत वितरण पाउदा आत्मसन्तुष्ति मिल्ने गरेको बताउनुभयो । आफै पीडित समक्ष पुगेर राहत वितरण गरेकाले भुकम्प पीडितको पीडालाई नजिकबाट महसुस गर्न पाएको उहाँको भनाई थियो । यस अभियानले महिलाले पनि गर्नसक्छ भन्ने प्रमाणित भएको उहाँको दावी गर्नुहुदै अभियानका सहयोगीहरुलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा कञ्चनजङ्गा इङ्गिलस वोर्डिङ्ग स्कुलका प्रिन्सिपल मोहन पौडेल र तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी गुरुङले दुवै समाजसेवीहरुको कार्यको सह्राना गर्नुहुदै सामाजिक उत्तरदायित्व र सामाजिक पारदर्शिताको पाठ उहाँबाट सिक्नुपर्ने बताउनुभयो।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेका घाइतेहरुलाई राहत प्रदान गर्न शुरु गर्नुभएकी रुद्रकुमारी गुरुङ मैना र धादिङको कल्लेरी गाँउबाट राहत वितरण शुरु गर्नुभएकी लक्ष्मी गुरुङ, दुवै दिदिवहिनीले राहत वितरणको अभियान भुकम्पबाट गाँउ नै विस्थापित हुनुपरेको गोरखा लाप्राक गुप्सीपाखाबासीलाई फागु पुर्णिमाको दिन राहत प्रदान गर्दै समापन गरिएको घोषणा गर्नुभएको थियो ।

कञ्चनजङ्गा इङ्गिलस वोर्डिङ्ग स्कुलका निर्देशक श्रीजंग गुरुङ गर्नुभएको पत्रकार सम्मेलनमा राहत वितरण अभियानका सहयोगीहरु तमु धिं नेपालकी केन्द्रीय सदस्य हिरा गुरुङ, हिमाली साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष मेनकाजी गुरुङ, कञ्चनजङ्गा इङ्गिलस वोर्डिङ्ग स्कुलका प्रिन्सिपल मोहन पौडेल, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी गुरुङ, सिंगापुर पुलिसका चिफ इन्स्पेक्टर हरी गुरुङ, पत्रकार फोनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङ लगायतको विशेष उपस्थिती रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button