स्मृति अक्षयकोषबाट बृद्धालाई सम्मान

पोखरा, १३ बैशाख – 

पञ्चमूल पोखरा सम्पर्क समाजको आयोजनामा स्याङ्जा जिल्ला पञ्चमूल गा.वि.स.का बृद्धाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भयो ।

पञ्चमूल गा.वि.स.वडा नंं.८ स्थित श्री जनहित मा.वि.का संस्थापक स्व.हवल्दार निल बहादुर गुरुङ्ग र संस्थापक प्रधानाध्यापक स्व.शिवराज शर्मा अधिकारीको स्मृतिमा स्थापित अक्षयकोष रकमबाट उक्त गा.वि.स.अन्तर्गतका ८५ वर्ष उमेर पुगेका १५ जना बृद्धाहरुलाई सम्मान गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथि पूर्व बरिष्ठ फुटबल प्रशिक्षक, नेपाल आइस हक्की संघका कार्यसमिति सदस्य, अक्षयकोषदाता क्या.डिलकाजी गुरुङ्गले प्रतिव्यक्ति नगद २ हजार रुपैयाँका साथ ढाकाटोपी र पछ्यौरीले सम्मान गर्नुभएको थियो ।

उक्त अवसरमा प्रमुख अतिथि क्या.गुरुङ्गले आफू अध्ययन गरेको उक्त विद्यालयलाई व्यक्तिगत रुपमा खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको थियो भने आगामी दिनमा विद्यालयलाई आवश्यक खेलकुद सामाग्री प्रदान गर्ने र अक्षयकोष रकममा समेत बृद्धि गर्ने बताउनुभयो ।

समाजका अध्यक्ष लालकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समाजका सदस्य दिनेश अधिकारी तथा कार्यक्रमको संचालन शिक्षिका पूर्ण कुमारी गुरुङ्गले गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button