
पोखरा, १७ बैशाख
पोखरा उपमहानगरपालिका वडा नंं.१० मा स्थापना भई महिलालाई एकजुट गराई सशक्त बनाउने उद्देश्यले स्थापना भएको अमरसिंह महिला समूह पोखरा १० ले वातावरण मैत्री झोला सिलाउने तालिम शुभारम्भ गरेको छ ।
५ दिनसम्म चल्ने वातवारण मैत्री झोला सिलाउने तालिम शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि समाजसेवी वडा नं. १० का पूर्व वडाध्यक्ष क्या.फत्ते बहादुर गुरुङ्गले पानसमा दीप प्रज्वलन गरी वातावरणमैत्री झोलाको नमूना खोली कार्यक्रमको उद्घाटन गर्दै महिला समूहले आफ्नो क्षेत्र लगायत पोखरालाई वातावरणमैत्री बनाई स्वच्छ बनाउने उद्देश्यले वातावरणमैत्री झोला सिलाई तालिम राखेकोमा बधाई दिनुहुँदै तालिमले दिएका सीपलाई व्यवहारमा उतार्न अनुरोध गरे ।
युनाइटेड क्लव पोखराको विशेष सहयोगमा संचालन भएको उक्त तालिममा समूहका १ सय २५ जना मध्ये धेरैलाई तालिम दिने समूहकी कोषाध्यक्ष दुर्गा पौडेलले बताइन् । कार्यक्रममा नयाँ प्रवेश गरेका १५ सदस्यलाई समेत स्वागत गरिएको थियो । ५ दिने वातावरणमैत्री झोला सिलाई तालिममा टोलविकास संस्था वडा समन्वय समितिका अध्यक्ष सम्मर बहादुर श्रेष्ठ, युनाइटेड क्लवका उपाध्यक्ष सुक बहादुर गुरुङ, माछापुच्छे« टोल विकास संस्थाका पूर्व अध्यक्ष राज श्रेष्ठ, समाजसेवी मेजर हितमान गुरुङ, सल्लाहकार सिद्धिकुमार श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
अमरसिंह महिला समूहका अध्यक्ष सविता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष निर्मला लामिछाने र कार्यक्रमको संचालन सचिव पूर्णकला पोखरेलले गरेकी थिइन् ।





