पोखरा, २२ चैत्र –
परम्परागत रुपमा नेपालीहरुले आफ्नो घरघरमा खादैँ आएको “पानी रोटी” को परिकार व्यवसायिक रुपमा बजारमा आएको छ । पोखराको न्यूरोडस्थित बुद्धमार्गमा रहेको हेल्दी टिफिन बेकरीले नेपालमा नै पहिलो पटक पानी रोटीलाई परिमार्जित गरि व्यवसायिक रुपमा बजारमा ल्याएको आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
बेकरी सम्बन्धि नयाँ परिकारहरु उत्पादन गर्दै आएको पोखराको एक मात्र हेल्थी टिफिन बेकरी क्याफेद्धारा नेपालमा पहिलो पटक उत्पादित “पानी रोटी” नामक परिकारलाई व्यवसायिक रुपमा बजारमा ल्याएको बेकरीका सञ्चालक दुर्गाप्रसाद आचार्यले जानकारी दिनुभयो । नेपालीहरुको भाँन्सामा पक्दैआएको पानी रोटीलाई विभिन्न स्वादमा बनाउन सकिने आचार्यले बताउनुभयो । उहाँका अनुसार मैदा, पानी, चिनी, तेल लगायतका सामाग्री आवश्यक पर्ने पानी रोटीलाई चिकेन, ग्रिन बीन, भेजिटेबल, मसरुम, मिक्स गरेर खान सकिन्छ । ११ वर्ष सम्म विदेशको पाँचतारे होटलमा खानाको परिकार बनाउने अनुभव सगाँलेर आउनुभएका प्रोप्राइटर आचार्यले पोखरामा बेकरी सञ्चालन गर्नुभएको ७ वर्ष भैसकेको छ । त्यही अनुभवलाई नयाँ ढंगबाट व्यवसायमा प्रयोग गरेको सुनाउनुहुन्छ । प्रति प्लेट १ सय ३० र चिकेन हालेको १ सय ५० रुपैँया शुल्क पर्ने पानी रोटीको स्वाद एकदमै मिठो भएकोले पोखरेलीले मन पराउनेमा आचार्य आशावादी हुनुहुन्छ ।
पोखराको बगरमा पहिलो शाखा खोलेको बेकरीको न्यूरोडस्थित बुद्धमार्ग र गण्डकी मेडिकल कलेज नजिक पृथ्वीचोकमा पनि शाखा रहेको छ । शान्त र पारिवारिक वातावरणमा व्यवसाय सञ्चालन गर्दै आएको बेकरीले स्वादिलो, स्वास्थ्यवद्र्धक, हाइजेनिक खानाको साथ बेकरीको परिकारहरु र केकको बिक्री वितरण गर्नुका साथै होम डेलिभरीको पनि व्यवस्था गरेको छ । साथै “पानी रोटी” बनाउने विधि सिक्ने इच्छुकहरुका लागि बेकरीले सिक्ने व्यवस्था गरेको प्रोप्राइटर दुर्गाप्रसाद आचार्यले जानकारी दिनुभयो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution