आलु महोत्सवमा कृषकहरुसंग अन्तरक्रिया

पोखरा, २४ चैत्र –

सातौ हेमजा आलु महोत्सवमा कृषकहरु सग अन्तरक्रिया गरिएको छ। महोत्सव मुल आयोजक समितिको आयोजना तथा जिल्ला कृषि विकास कार्यत्रलय कास्कीको समन्वयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा किसानहरुले गुणस्तर विउ नपाउदा आल उत्पाद घटेको भन्दै चिन्ता व्यक्त गरेका थिए । आलुको विउको गुणस्तर घट्दा आलु उत्पादन घट्दै गएको छ भने अर्को तर्फ यस वर्ष आलुको विउ कुहिदा किसानहरु मारमा परे सहभागि किसानहरुले भने–यस तर्फ नेपाल सरकारको ध्यान जाओस् । कृषि मन्त्रालयका सल्लाहकार हरि रोक्काले किसानहरुका समस्यावारे आफू परिचित भएको बताउदै किसानका समस्या समाधान गर्न पहल गर्ने उल्लेख गरे ।

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय कास्कीका वरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोइराला, नमुना कृषि सेवा केन्द्र हेमजाका प्राविधक सहायक गुरुप्रसाद आर्याल, महोत्सव मुल आयोजक समितिका संयोजक रमेश कार्की, देविस्थान कृषि सहकारी संस्थाका अध्यक्ष शालिग्राम बाँस्तोला, कृषक चित्रनाथ पौडेल, भगवती वजगाईलागाएतले बोलेका थिए।

महोत्वसवको दोस्रो दिन सम्म भित्र वाहिर गरि ३० लाखा आलुको कारोवार २५ हजार दर्शकले मेला अवलोकन गरेको प्रचार प्रसार उपसमति संयोजक परशुराम अधिकारीले जानकारी दिए । बुधबार महोत्सवमा लोक दोहोरी गायक राजु परियार, कृष्ण देवकोटा, कृष्ण गुरुङ, निशा पोख्रेल, नेत्रपाणी वास्तोला, राजन कार्की र विजय केसीको प्रस्तुती रहेको थियो । विहिबार महोत्सवका कोमल ओली, प्रजापती पराजुली, चोलेन्द्र पौडेल, राजन कार्की, पूर्ण परियार, केशव देवकोटा, सिता केसी, ज्योति लोहोनी, दिलु लामा र हास्य तर्फ पोखरेली माग्ने वुढा र धुर्मुसको प्रस्तुती रहने साँस्कृतिक उपसमिति संयोजक विजय केसीले जानकारी दिए। महोत्सवमा विहिबार देखि महिलाहरुको कृषि गित प्रतियोगित हुने आयोजकले जनाएको छ।

सुन्दर ठाउँ हेमजा जाऊ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव ३० गते सम्म हेमजाको विष्णुपादुका खेलमैदानमा चल्ने छ। महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शन आलुको ठुलो पहाड निर्माण, आलुको विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, लोक दोहोरी तथा साँगितिक समूहको प्रस्तुति, स्थानीय भेषभुषा झल्कने साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापानीज सुन्तलाको प्रदर्शनी, कृषि प्रदर्शनको अनुगमन, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनीह, महिलाहरुको कृषि गीत प्रतियोगिता सञ्चालन हुने छ।

महोत्सवमा सेति नदी रयाफ्टिड्ड जीपलाइन फ्लायर-बन्जी जम्प, प्याराग्लाईडिड्ड टिकट उपलब्ध गराइने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ। महोत्सवमा थप आकार्षणको रुपमा अष्ट्रिज, इमु, उट, फाईटर, सिल्की, टर्की, खरायो, लौकाट र अष्ट्रिचको चार किलाको अण्डा राखिएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button