पोखरा, २५ चैत्र –
प्रजातान्त्रिक विकास समाज कास्कीले नेपाली काङ्ग्रेस कास्कीका हालै निर्वाचित सभापति कृष्ण के.सी. लाई बधाई तथा सम्मान गरेको छ ।
सो अवसरमा बोल्दै पार्टी सभापति के.सी. ले कास्की काङ्ग्रेसलाई संस्थागत गरेर लैजाने बताउनु भयो । उहाँले कुरामा भन्दा पनि काममा विश्वास राख्ने भएकाले कामको प्रतिफल हेर्न केही समय कुर्न आग्रह गर्नु भयो । सभापति के.सी. ले पार्टि भित्र हरेक भात्रि संस्था एवम् सुभेच्छुक संस्थाको सहयोग र सल्लाह लिएर अगाडि बढ्ने समेत बताउनु भयो ।
कार्यक्रममा समाज अध्यक्ष डा. गिरीधारी शर्माले कास्की काँग्रेसले यस क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो । यसै गरी समाजका केन्द्रिय सदस्य प्राध्यापक डा. वेदनिधी शर्माले पार्टी नेताहरु कुशल व्यवस्थापक पनि हुन सक्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा समाजका पूर्व अध्यक्ष प्रा.डा. वासुदेव भण्डारी, बरिष्ठ सदस्य ऋषि सापकोटा, प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल, डि.एल.ए. कास्कीका पूर्व अध्यक्ष रोहित राज बाँस्तोला, समाजका सचिव तुलसी प्रवाश लगायतले शुभकामना व्यक्त गर्दै कार्यकालको सफलतको कामना गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution