जारी महोत्सवमा १७ टन आलुको कारोवार

पोखरा, २७ चैत्र –

सातौ हेमजा आलु महोत्सवको पाँचौ दिन शनिवार दर्शकहरुको घुँइचो लाग्नुका साथै आर्थिक कारोवारमा समेत बृद्धि भएको छ ।

महोत्सव भित्र र वाहिर गरि १७ टन आलुको कारोवार भएको छ भने २० हजार दर्शकले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । हल्लाको पछि नलागी, बास्तविकता बुझन महोत्सव स्टल अवलोकन गर्न सवैलाई अनुरोध गरिएको महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शनिवार महोत्सवमा लोक दोहोरी गायक पुरुस्तोम न्यौपाने, कुमार पुन, जयकुमार परियार, सुरज आचार्य लगायतको प्रस्तुती रहेको थियो ।
सुन्दर ठाउँ हेमजा जाऊ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव ३० गते सम्म हेमजाको विष्णुपादुका खेलमैदानमा चल्ने छ।

महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीहरुको वृहत प्रदर्शन आलुको ठुलो पहाड निर्माण, आलुको विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शन, वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रम, लोक दोहोरी तथा साँगितिक समूहको प्रस्तुति, स्थानीय भेषभुषा झल्कने साँस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, कृषि प्रदर्शनको अनुगमन, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनीह, महिलाहरुको कृषि गीत प्रतियोगिता सञ्चालन हुने छ।

महोत्सवमा सेति नदी रयाफ्टि· जीपलाइन फ्लायर-बन्जी जम्प, प्याराग्लाईडि· टिकट उपलब्ध गराइने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ। महोत्सवमा थप आकार्षणको रुपमा अष्ट्रिज, इमु, उट, फाईटर, सिल्की, टर्की, खरायो, लौकाट र अष्ट्रिचको चार किलाको अण्डा राखिएको छ।

महोत्सवमा राखिएको प्राथामिक उपचार केन्द्रबाट पाँचौ दिनसम्म ५० जना जति दर्शकहरुले प्राथामिक उपचार सेवा लिइसकेका छन् ।महोत्सव परिसर भित्र, ठूलो रक्तस्राव, लछारेको चोट, क्षोभ, सामान्य चोटपटकका विरामीहरु, हातखुट्टा मर्केका घाइतेहरु प्राथामिक उपचार सेवा प्राप्त गरेका छन् भने प्राथामिक उपचार सेवाका बारेमा दर्शकले जनचाँसो राखेको महोत्सव प्राथामिक उपचार सेवाका संयोजक सुनिल गायकले जानकारी दिनुभयो ।

महोत्सव अवधिभर प्राथामिक उपचार सेवाका लागि प्राथामिक उपचार तालिम प्राप्त हेमजाका स्वयसंवेकहरु पालै पालो सेवा प्रदान गर्न खट्टिएको नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा सभापत्ति कृष्ण प्रसाद पौडेले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button