वडा प्रहरी कार्यलयमा व्यारेक पुननिर्माण र ग्राउन्ड पिच गरिने

पोखरा, २२ बैशाख-

वडा प्रहरी कार्यालय वगरमा कार्यलय भित्र रहेको ग्राउन्ड पिच र व्यारेकको पुन निर्माण गरिने भएको छ।ग्राउन्ड पिच तथा व्यारेक पुन निर्माणको बुधबार एक कार्यक्रमका वीच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक घनश्याम अर्यालले शिलन्यास गरे।

कार्यक्रमा बोल्दै प्रहरी उपरिक्ष अर्यालले यो कामको शुरुवातले नागरिक र प्रहरी वीचको सहकार्यको उदाहरण झल्काएको बताए।नगारिक र प्रहरी वीच सहकार्य गर्ने भने पनि कता कात हुन नसकेको भन्ने भान हुन्थ्यो उनले भने–तर यहाँ आज भएको यो कामको शुरुवातले नागरिक र प्रहरी वीचको सहकार्यलाई झल्काउने काम गरेको छ।यो निर्माणका क्रममा आफ्नो तर्फबाट चाहिने सामाग्रीहरु के उपलब्ध गराउन सकिन्छ त्यो सहयोग गर्न आफूू तयार रहेको बताए।ग्राउन्ड पिच निर्माणका लागि छ लाख चार सय ५३ र व्यारेक पुननिर्माणका लागि छ लाख ४९ हजार एक सय ४३ खर्च लाग्ने अनुमान गरिएको निर्माण समितिका कोषाध्यक्ष चित्रबहादुर थापाले जानकारी दिए।यस अघि नै वडा प्रहरी कार्यालय वगरले शनिबार आयोजना गरेको भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम गरि ग्राउन्ड पिच तथा व्यारेक पुननिर्माणको लागि पुरुषोत्तम श्रेष्ठको अध्यक्षमा निर्माण समिति गठन गरेको थियो।

वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरिक्षक तथा निर्माण समितिका सदस्य सचिव मोहनबहादुर खाँणले प्रहरी र नागरिक वीचको सहकार्यबाट निर्माण कार्यलाई सम्पन्न गर्ने जानकारी दिए ।निर्माण समितिका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वडा प्रहरी कार्यालय वगरका प्रहरी नयाव निरिक्षक नेत्रबहादुर क्षेत्रीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button