पोखरा, १४ जेठ –
सामाजिक न्यायका लागि लोकतन्त्र आवश्यक रहेको कुरा नयाँ शक्ति नेपालका अभियन्ता देवेन्द्र पराजुलीले बताएका छन् । पोखरा उपमहानगरपालिकाको सभाहलमा शुक्रबार सम्पन्न नयाँ शक्ति नेपाल अन्तरिम जिल्ला परिषद्को आयोजनामा अन्तरिम पोखरा नगर परिषद् घोषणा कार्यक्रममा उक्त कुरा पराजुलीले बताएका हुन् । केन्द्रीय परिषद् सचिवालय सदस्य तथा प्रदेश नं. ४का संयोजक पराजुलीले समावेसीतामुलक महिला, दलित, जनजाती, मधेसी, पिछडिएका वर्ग लगाएत सम्पूर्णका नेपालीका लागि वैकल्पिक राजनिति निमार्ण गर्दै नेपाली जनताका हक–हित मार्गमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उक्त घोषणा कार्यक्रममा नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सचिवालय सदस्य केशव दाहालले सुन्दर राज्यको परिकल्पनाका वैकल्पिक राजनिति आवश्यक रहेको र राजनैतिक संस्कार स्थापित गर्न खोजेको कुरा व्यक्त गरे । उनले नयाँ शक्ति किन आवश्यक ? भन्ने कुरालाई प्रस्ट्याएका थिए ।
कार्यक्रममा जित बहादुर गुरुङ्गको संयोजकत्वमा ५१ सदस्यीय परिषद् सर्वसम्मतले पारित तथा घोषणा भएको थियो । सदस्यमा अशोक कुमार थापा, हरिराज पन्त, राजेन्द्र शर्मा, बमबहादुर थापा, खड्ग बहादुर तमु, दिलित गुरुङ्ग, सुर्य प्रसाद सापकोटा, चन्द्र गुरुङ्ग, गोविन्द प्रसाद ढुङ्गाना, गम्भीर थापा मगर, राजेन्द्र ढुङ्गाना, दिपक भण्डारी, रविकिरण पराजुली, गिरीधारी शर्मा, लाल बहादुर बिक, सन्तोष बास्तोला, रोशन गुरुङ्ग, राजकुमार गुरुङ्ग, लिलाधर अधिकारी, पशुपति भट्टराई, दिपा थापा, सुमित्रा दुरा, मिनु गुरुङ्ग, सर्मिला गुरुङ्ग, गंगा भण्डारी, कमला भण्डारी, हिरा थापा, सविना थापा मगर, दुर्गा लामिछाने, पुनम सार्की, मोहम्मद अतिमिया, परशुराम परियार, अर्जुन परियार, कृष्ण प्रसाद पोखरेल, धन बहादुर गुरुङ्ग, मनोज ढकाल, राजकुमार बिक, प्रकाश गिरी, बसन्त बास्तोला रहेका छन्भने १० जना पछि थप गरिने कार्यक्रममा जानकारी दिईएको थियो ।
परिषद् गठन पश्चात दलित शक्ति नेपालका प्रदेश संयोजक सम्भु खाती परियार, महिला प्रतिनिधि सुमित्रा दुरा लगाएतले परिषद् सदस्यलाई शुभकामना तथा बधाई व्यक्त गरेका थिए । शुभकामना मन्तब्यकै क्रममा केन्द्रीय सदस्य गणेश पौडेलले पुरानो गलत दिशालाई त्यागी नयाँ गन्तब्य निर्धारण गर्नु पर्नेमा जोड दिएका थिए ।
उक्त घोषणा कार्यक्रमका अध्यक्ष तथा अन्तरिम जिल्ला परिषद् कास्कीका संयोजक हेम बहादुर थापाले पोखरालाई समृद्ध बनाउनको लागि गठीत नगर परिषद्लाई विभिन्न किसिमका योजनाहरु निर्माण गरि कार्वान्वयन गर्न र गराउन आग्रह गरे । त्यस्तै संयोजकमा चयन भएका जित बहादुर गुरुङ्गले परिषद्को काम पारदर्शि तथा जनताको हितमा गर्ने प्रतिवद्धता गरेका थिए । कार्यक्रममा प्रदेश सदस्य तोयानाथ लम्सालले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको संचालन केन्द्रय सदस्य दुर्गा बहादुर गुरुङ्गले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution