अन्तराष्ट्रिय हाइस्कुल करातेमा नेपाली खेलाडीको वचस्र्व

काठमाडौँ , १७ जेठ –

काठमाडौँ स्थित राष्ट्रिय खेलकुद परिषद्मा दुई दिनसम्म सञ्चालन भएको २१ औँ अन्तर्राष्ट्रिय हाईस्कुल कराँते च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीले पदकतालिमा वचश्र्व जमाएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

चार राष्ट्रका झन्डै ५ सय खेलाडी प्रतियोगितामा नेपालले पहिलो स्थान हालिस गर्यो भने भारत दोस्रो भयो । नेपालका लागि न्यू लिराका खेलाडीहरुले सर्वाधिक पदक दिलाए । प्रतियोगिताको अन्तिम दिन राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामा र नेपाल कराँते महासंघ तथा सितोरियो कराँते संघका अध्यक्ष दावा गुरुङले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे । समापन कार्यक्रमकै अवसरमा पूर्व सदस्य–सचिव लामाले नेपाल कराँते महासंघका उपाध्यक्षत्रय दीपक मल्होत्रा, नवराज ढकाल, भूषण राणा र विकास जबरा तथा कोषाध्यक्ष सानुलाल श्रेष्ठलाई मानार्थ तेस्रो डानबाट विभूषित गरे । समापन कार्यक्रममा बोल्दै अध्यक्ष दावा गुरुङले सन् २०२० को ओलम्पिकका लागि खेलाडी तयार गर्न स्कुल लेभलबाटै प्रतियोगिता आयोजना गरिएको बताए –‘२०२० बाट ओलम्पिक खेलमा कराँते पनि समावेश हुनेछ । त्यसैले हामी प्रतियोगितालाई ध्यानमा राखेर तयारी गरिरहेका छौँ । ओलम्पिकमा पदक जित्दै कराँतेको देश भनेर नेपाललाई चिनाउने हाम्रो लक्ष्य हो ।’– अध्यक्ष गुरुङले भने ।

high school karate 2

प्रतियोगितामा न्यु लिराले १२ स्वर्णका साथ प्रथम स्थान हासिल गर्यो । त्यस्तै युथ स्पोर्टस् कराँते भारतले दोस्रो स्थान हासिल गर्यो । प्रतियोगितामा जुनियर ब्वाईज व्यक्तिगत कातातर्फ न्यु लिराका सुजन चेपाङले स्वर्ण जिते । त्यस्तै सिनियर ब्वाईज व्यक्तिगत कातातर्फ डेमोसका सञ्जय श्रेष्ठले स्वर्ण हात पारे । गल्र्स जूनियर ४० केजीतर्फ न्यू लिराकी मन्दिरा थापाले स्वर्ण जितिन् भने गल्र्स जुनियर ४५ केजीतर्फ रेखा प्रजापतिले स्वर्ण हात पारिन् । जुनियर गल्र्स ५० केजीतर्फ नेपाल क्वानमुकानकी अन्जु विस्ट प्रथम भइन् । गल्र्स सिनियर व्यक्तिगत कातातर्फ स्नो एपेक्सकी श्रेया रन्जितकारले स्वर्ण जित्दा गल्र्स सिनियर टिम कातातर्फ मन्दिरा थापामगर, सर्मिला श्रेष्ठ र विनिता श्रेष्ठको जोडीले न्यु लिरालाई स्वर्ण दिलायो । पुरुषमा भारतका साइ गिरिश तथा महिलामा नेपालकी एलिशा लामा उत्कृष्ट खेलाडी चुनिए ।

त्यस्तै ब्वाईज चिल्ड्रेन इन्डिभिजूयल कातातर्फ नारायण जानका प्रनिल मानन्धर तथा ब्वाई क्याडेट व्यक्तिगत कातातर्फ सोनिम मानन्धरले स्वर्ण जिते । प्रतियोगिताका अन्य विभिन्न क्याटागोरीमा रोना सुनुवार, फिवि बुढामगर, मन्दिरा थापामगर सर्मिला श्रेष्ठ, मुक्ता कुलकर्णी, विनोद वलामी, अनिष थापा, पुनम पौडेल,दुर्गा भवानी, साई गिरीस, ढन्डुप लामा, जुमर्दन आचार्य, मिनबहादूर थामी, उमेश तामाङ, सुशिल खड्का, अनम क्यूरेसी, सोनिम मानन्धर, दिवस श्रेष्ठ, रोहित बुढाथोकी, सावन लामा, रिसभ अर्याल, सुशान्त हुमागाँई, यशराज होडा, आरिश शर्मा, इलिशा तामाङ, सोनिगा मोक्तान, टोपकुमार श्रेष्ठ, साइमन रिसाल, सन्जिव श्रेष्ठ, सुवास घताने, दिपा लामा, मनिषा थारु, अलिशा लामा, निरुपा तामाङ र रजिना विस्टले स्वर्ण जिते । गल्र्सको सिनियर टिम कुमुतेतर्फ नेहा श्रेष्ठ, दिपा थापामगर र जेश्मिना खड्काको टोलीले सोतोकानलाई स्वर्ण दिलायो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव युवराज लामालगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button