|प्रतीकात्मक तस्बिर
जाजरकोट, २५ जेठ –
जिल्ला अदालतको फैसला ३१ वर्षपछि कार्यान्वयन भएको छ ।
अदालतको तीन दशकअघिको फैसलाका दोषीलाई पक्राउ गरी तोकिएको कैद सजाय दिन थालेपछि कार्यान्वयन भएको हो ।
जिल्ला अदालतले २०४१ साल माघ २३ गते गरेको फैसलाका दोषी भेरीमालिका नगरपालिका–२ डिङ्गाका टेकबहादुर थापालाई यही जेठ २१ गते पक्राउ गरी कैद सजायमा ल्याइएको जिल्ला अदालतले जनाएको छ । दोषी थापालाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक महेशप्रसाद पन्त र नरबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।
साबिक खलङ्गा–३ काजीवाराका तप्तबहादुर कार्कीले २०३० साल माघ १३ गते टेकबहादुर थापाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गराएकामा २०४१ साल माघ २३ गते फैसला भएको थियो ।
तत्कालीन न्याय प्रणालीमा भएको व्यवस्थाअनुसार झन्डै ११ वर्षपछि फैसला भएको जिल्ला अदालतले जनाएको छ । दोषी थापाले तत्कालीन अदालतको फैसलाअनुसार १० वर्षको कैद सजाय भोग्नुपर्ने अदालतले जनाएको छ । थापाले २०८३ साल जेठ २० गते सम्म कैद सजाय भोग्नुपर्ने अदालतको भनाइ छ । विसं २०३९ मा ४२ वर्षीय टेकबहादुर थापा हाल ७६ पुगेका छन् ।
त्यसैगरी जिल्ला अदालतको आदेशले विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भएका तर कैद तथा जरिवाना भुक्तानी नगरी हालसम्म फरार रहेका २० अभियुक्तलाई पक्राउ गरी कैद तथा जरिवाना असुल गराउन जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution