नवलपरासी, २५ जेठ –
नेपाली भूमि हुँदै भारतबाट कतार जान लागेका छ महिलालाई सोमबार नवलपरासीबाट उद्धार गरिएको छ ।
भारतको दिल्ली हुँदै कतार लैजाने भन्दै रामु भनिने एक व्यक्तिको आश्वासनका आधारमा भारत जान लागेका अवस्थामा सोमबार माइती नेपालको टोलीले महेशपुर नाकाबाट उनीहरुलाई उद्धार गरेको हो । उद्धार गरिएकामा चितवन, सिन्धुली, धादिङ र तनहुँका एक एक एक तथा नवलपरासीका दुई महिला रहेको माइती नेपाल आवधिक गृहका प्रमुख माया क्षेत्रीले जानकारी दिनुभयो ।
छमध्ये नवलपरासीका दुई जनालाई परिवारका साथमा घर पठाइएको र अन्य चार जनालाई पनि परामर्श दिएर आफन्तको जिम्मा लगाउने तयारी भइरहेको माइती नेपालले जनाएको छ ।
नेपाल भारत सीमा क्षेत्र हुँदै दैनिकजसो महिला बेचिन भारत पुग्ने गरेका छन् । दलालले विभिन्न बहानामा बेच्न लैजाने गरेको तथ्याङ्कले देखाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution