पहिराका कारण सडक बन्द

रत्ननगर (चितवन), २५ जेठ –

चितवनको नारायणगढ– मुग्लिन सडकखण्ड अहिले बिहान खसेको पहिराका कारण पुनः अवरुद्ध हुन पुगेको छ ।

उक्त खण्डअन्तर्गत चण्डिभन्ज्याङ–५ स्थित पाँच किलोमा पहिरो खसेर सडक बन्द भएको प्रहरीले जनाएको छ । गए राति २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक ४ः३० बजे खुलाइएकामा बिहान ६ः४० मिनेटमा पुनः पहिरो खसेर बन्द हुन पुगेको बताइएको छ ।

प्रहरीका अनुसार राति पहिरो खसेका बेला जनकपुरबाट काठमाडौँ जाँदै गरेको ना५ख ३८६२ नंको बसलाई पहिराबाट निकालिएको थियो ।

सडक खुलाउन डोजरको सहायतामा प्रहरी परिचालन गरिएको जनाइएको छ । नारायणगढ मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले सामान्य पानी पर्दा पनि विभिन्न क्षेत्रमा पहिरो गएर अवरुद्ध हुने गरेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button