दैलेखमा द्वन्द्वकालका २८१ उजुरी दर्ता

दैलेख, २५ जेठ –

स्थानीय शान्ति समिति दैलेखले अहिलेसम्म सत्य निरुपण मेलमिलापतर्फ २६३ र बेपत्तातर्फ १८ वटा निवेदन परेको जानकारी गराएको छ ।

द्वन्द्वपीडितले समितिमा दिएकामध्ये सत्य निरुपणतर्फका दुई सय ६३ र बेपत्ता आयोगतर्फका १८ वटा उजुरी काठमाडौँ पठाइसकेको समितिले बताएको छ ।पछिल्लो समयमा निवेदन आउने क्रम बढेकाले निवेदन लिने समयसीमा थप गर्न जनताले माग गरेको स्थानीय शान्ति समितिका संयोजक रणबहादुर सिंहले जानकारी दिनुभयो ।

बेपत्तातर्फको निवेदन जेठ मसान्तसम्म भने पनि पछिल्लो समयमा टाढा टाढाबाट आउने क्रम जारी भएपछि समितिले म्याद थप्ने योजना बनाएको समितिका सचिव सन्तोषी प्याकुरेलले जानकारी दिनुभयो ।

सत्य निरुपण तथा मेलमिलापतर्फ आउँदो असार २ गतेसम्म निवेदन लिने समय तोकिएको छ । दैलेखमा एक हजारभन्दा बढी निवेदन दिने अपेक्षा समितिले राखेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button