वरिष्ठ सङ्गीतकार गुरुङलाई सरकारले राष्ट्रिय सम्मान दिने

काठमाडौँ, २५ जेठ –

वरिष्ठ सङ्गीतकार अम्बर गुरुङलाई सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाली गीत–सङ्गीतको क्षेत्रमा वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले पुरयाएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारको निर्णयअनुसार उहाँको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।”

मन्त्रालयले उहाँको निधनले अपूरणीय क्षति पुगेको जनाउँदै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button