पोखरा, २७ जेठ-
पोखरा र लेखनाथमा क्षेत्रमा आज (विहिबार) बन्द गराउदै हिडेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका ४२ जना नेता तथा कार्याकर्ताहरु पक्राउ परेका छन । पोखरा र लेखनाथ क्षेत्रमा जवरजस्ती वन्द गराउदै हिडेका ४२ जनालाई विभिन्न चोकबाट पक्राउ गरीएको कास्कीका प्रहरी निरिक्षक गणेश वमले बताए ।
– बन्दमा सुनसान बनेको पोखराको पृथ्वीचोक
नेकपा माओबादी क्षेत्र नम्बर १ का ईन्चार्ज गोकुल पराजुली, क्षेत्र नम्बर ४ का इृन्चार्ज सुजन विक सहितका नेता तथा कार्यकर्ताहरु पक्राउन परेका हुन । उनीहरुलाई प्रहरीले पोखराको महेन्द्रपुल, शिवालयचोक, लेखनाथको शिशुवा, तालचोक लगायतका क्षेत्रबाट पक्राउन गरेको हो ।विभिन्न आन्दोलनको क्रममा प्रहरीको नियन्त्रणमा रहेका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै कालोबजारी, भष्टचार, महङगीको बिरुद्धमा विप्लव नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्द आह्वान गरेको हो । विहानै देखि प्रहरीले बन्द कर्तालाई पक्राउ गर्न थाले पनि बजारमा खासै सवारी साधनहरु संचालन हुन सकेनन भने बजार प्राय ठप्प नै भएको छ । फाट्यफुट्य रुपमा केहि किराना, चिया पसलहरु आधा सटर खोलेर संचालन भएका छन ।
– बन्दमा पदैल हिडेका सर्बसाधारण
नेकपा माओवादीका गण्डकीका ईञ्चार्ज सावित्री दुराले पक्राउ परेका आफ्ना नेता तथा कर्याकर्ताहरु अविलम्ब रिह गर्न माग गरेकी छिन । डाँडाकोनाक क्षेत्रमा रनत परियारलाई प्रहरीले हात खुट्टामा लाठी प्रहार गरीे कुटपिट गरेको दुराले आरोप लगाएकी छिन ।बन्दका कारण पोखरामा लामो तथा छोटो दुरीका सार्वजनीक भाडाका सवारी साधन संचालन भएनन भने उहाँका उद्योग कल कारखाना शैक्षिक संघ संस्था पसलहरु अधिकाशं बन्द रहेका थिए । केहि मात्रमा किराना तथा चिया पसलहरु खुलेका देखिन्थे ।
– बन्दमा सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरु
बन्दमा एम्वुलेन्स, प्रेस, मानवअधिकार तथा अत्यावश्यक सामग्री बोक्ने सवारी साधनलाई संचालन भएका छन भने पर्यटक तथा कुटनीतिक नियोगका सवारी साधन संचालन भएका हुन । पोखराबाट आज मात्र करीब २४ वटा हरियो प्लेटका पर्यटक सवारी साधनहरु काठमाण्डौं गएका छन भने काठमाण्डौंबाट पनि उतिकै सङख्यामा जसो पोखरा आउदैछन ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution