बन्द सकिए लगतै पोखरामा चहल पहल सुरु – ४२ बन्दकर्ता रिहा

पोखरा, २७ जेठ –

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको एक दिने वन्दको प्रभाव पोखराको आसपास क्षेत्रमा पनि पर्यो । आज अपरान्हः ५ बजे वन्द खुलेसंगै पोखरा लगायतको क्षेत्रमा चहलपहल बढ्न थालेको छ । विहिबार विहानै देखि दिनभरी जसो सुनसान रहेको बजार वन्द खुलेसंगै लामो तथा छोटो दुरीका गाडीहरु संचालनमा आएसंगै बजामरा चहलपहल सुरु भएको हो ।

पोखरा र लेखनाथमा क्षेत्रमा बन्द गराउदै हिडेका नेकपा माओवादीका ४२ जना नेता तथा कार्याकर्तालाई वन्द खुलेसंगै रिहा भएका छन । पोखरा र लेखनाथ क्षेत्रमा जवरजस्ती वन्द गराउदै हिडेका ४२ जनालाई विभिन्न चोकबाट पक्राउ गरीएको थियो भने उनीहरुलाई वेलुका ५ बजे छाडिएको कास्कीका प्रहरी निरिक्षक गणेश वमले बताए । नेकपा माओबादी क्षेत्र नम्बर १ का ईन्चार्ज गोकुल पराजुली, क्षेत्र नम्बर ४ का इृन्चार्ज सुजन विक सहितका नेता तथा कार्यकर्ताहरु पक्राउन परेका थिए । उनीहरुलाई प्रहरीले पोखराको महेन्द्रपुल, शिवालयचोक, लेखनाथको शिशुवा, तालचोक लगायतका क्षेत्रबाट पक्राउन गरेको हो । विभिन्न आन्दोलनको क्रममा प्रहरीको नियन्त्रणमा रहेका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै कालोबजारी, भष्टचार, महङगीको बिरुद्धमा विप्लव नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्द आह्वान गरेको हो । विहानै देखि प्रहरीले बन्द कर्तालाई पक्राउ गर्न थाले पनि बजारमा खासै सवारी साधनहरु संचालन हुन सकेनन भने बजार प्राय ठप्प नै रह्यो । फाट्यफुट्य रुपमा केहि किराना, चिया पसलहरु आधा सटर खोलेर संचालन भएका थिए ।

नेकपा माओवादीका गण्डकीका ईञ्चार्ज सावित्री दुराले पक्राउ परेका आफ्ना नेता तथा कर्याकर्ताहरु अविलम्ब रिहा गर्न माग गरेकी छिन । वन्दको क्रममा प्रहरीले दमन गरेको बिरुद्ध आफुहरुको ध्यानाकषर्ण भएको उनले बताईन । डाँडाकोनाक क्षेत्रमा रतन परियारलाई प्रहरीले हात खुट्टामा लाठी प्रहार गरीे कुटपिट गरेको दुराले आरोप लगाएकी छिन । बन्दका कारण पोखरामा लामो तथा छोटो दुरीका सार्वजनीक भाडाका सवारी साधन संचालन भएनन भने उहाँका उद्योग कल कारखाना शैक्षिक संघ संस्था पसलहरु अधिकाशं बन्द रहेका थिए । केहि मात्रमा किराना तथा चिया पसलहरु खुलेका देखिन्थे । बन्दमा एम्वुलेन्स, प्रेस, मानवअधिकार तथा अत्यावश्यक सामग्री बोक्ने सवारी साधनलाई संचालन भएका छन भने पर्यटक तथा कुटनीतिक नियोगका सवारी साधन संचालन भएका हुन । पोखराबाट आज मात्र करीब २४ वटा हरियो प्लेटका पर्यटक सवारी साधनहरु काठमाण्डौं गएका छन भने काठमाण्डौंबाट पनि उतिकै सङख्यामा जसो पोखरा आएका थिए । आज वेलुका ५ बजे पछि पृथ्बीराजमार्ग वस संचालक समितिद्धारा संचालीत लामो तथा छोटो दुरीका वसहरु संचालन भएको समितिका महासचिव योगेन्द्र केसीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button