बजेट राष्ट्र निर्माणका लागि ल्याइएकाले कार्यान्वयन हुनेमा जोड

काठमाडौँ, २९ जेठ –

अर्थमन्त्री विष्णु पौडेलले अहिले शूनय दशमलब ७७ प्रतिशतमा खुम्चेको आर्थिक वृद्धि आगामी आवमा ६।५ प्रतिशत पुरयाउने लक्ष्य प्रस्तुत बजेटले राखेको बताउनुभएको छ ।

आज यहाँ आयोजित अन्तक्र्रियामा मन्त्री पौडेलले भूकम्प, नाकाबन्दी तथा त्यसले सिर्जना गरेको प्रतिकूलताका साथै प्रशासनिक कमीकमजोरीले गर्दा अहिले आर्थिक वृद्धि खुम्चेको बताउनुभयो । उहाँले बजेटले संविधान कार्यान्वयन र पुनःनिर्माणलाई विशेष महत्व दिएको बताउँदै बजेट राष्ट्र निर्माणका लागि ल्याइएकाले कार्यान्वयन हुनेमा जोड दिनुभयो ।

मन्त्री पौडेलले स्थानीय निकाय, गाविस, नगरपालिकामा खर्च दोब्बर बनाइएको बताउँदै यसले स्थानीय कृषि, पर्यटनका क्षेत्रको विकासका लागि सहयोग पुरयाउने र रोजगारी वृद्धि भई देशको आर्थिक वृद्धिदरलाई बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवा जनशक्तिलाई विदेश जानबाट रोक्न सरकारले बिनाधितो ऋणको व्यवस्था गरेको प्रष्ट पार्दै युवा–युवतीलाई लक्ष्य गरी उनीहरुको परियोजनाका आधारमा ऋणको व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले देशका ऊर्जा विकासका लागि ठूला जलविद्युत् आयोजनामा सरकार र जनताले संयुक्त लगानी गर्ने वातावरण निर्माणका लागि सरकारले महत्व दिएको बताउँदै सरकारले ५१ प्रतिशत तथा सर्वसाधारण जनता र गैरआवासीय नेपालीको ४९ प्रतिशत सेयर लगानी गर्न सक्ने व्यवस्था गरिएको बताउनुभयो । रासस

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. kina 6.5% matrai? China ra India le ta 8/9% garirahekachhan ta ? uniharule borama paisa rakhera bato hidnelai paisa badera bikas gareka hun ki , bikasnirmanma lagaani badayera? uniharuko GDP ra hamro janasankhyako anupatmaa pani tulana garna milchha ? mukhle bhanna ta Congress le 9% bhanla Maobadile 11% arkole 15% tara garera dekhauna paryo, gaf garera hoina bhaneko.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button