गोरखा, २९ जेठ –
एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गोरखाको अश्राङस्थित ठामडाँडामा रहेको एनसेलको टावरमा आगजनी गरेका छन् ।
नेकपा माओवादीका कार्यकर्ताले जेनेरेटरमा पेट्रोलियम पदार्थ छर्केर आज बिहान टावरमा आगो लगाएका हुन् । नेकपा माओवादी गोरखाका इञ्चार्ज कृष्ण वाग्लेले घटनाको जिम्मेवारी लिनुभएको छ । उहाँले एनसेलले राज्यलाई तिर्नुपर्ने कर तुरुन्तै तिरोस् भन्न पहिलो चरणको चेतावनी दिएको बताउनुभयो ।पार्टीको केन्द्रीय निर्देशनअनुसार नै टावरमा आगजनी गरिएको उहाँको भनाइ छ । राज्यलाई तत्कालै कर नतिरेमा जिल्लाको अन्य क्षेत्रमा रहेका टावरमा समेत आगजनी गर्ने नेकपा माओवादीले चेतावनी दिएको छ ।
तीन जनाको समूहले टावरमा लगाएको आगो प्रहरी र स्थानीयवासी मिलेर निभाएका हुन् । आगलागीबाट टावरमा के, कति क्षति पुगेको भन्नेबारे पूर्ण जानकारी आएको छैन । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले टावरमा आगो लगाउने समूहको खोजी भइरहेको बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution