महोत्तरी, ३० जेठ –
तीन सूत्रीय माग राखी स्थानीयवासील गौशाला नगरपालिकाको कार्यालयमा आज तालाबन्दी गरेका छन् ।
आफ्ना मागका सम्बन्धमा नगरपालिकाको कार्यालयले कुनै सुनवाइ नगरी बेवास्ता गर्दै आएको भन्दै स्थानीयवासीले नगरपालिका कार्यालयको मूल ढोकामा बिहान १०।३० बजेदेखि अपराह्न १।३० बजेसम्म तालाबन्दी गरेका हुन् ।
निःशुल्क रुपमा जग्गा उपलब्ध हुँदाहुँदै नगरपालिकाले आर्थिक हिनामिना गरी गुठीको जग्गा खरिद गर्ने चलखेल बन्द गर्नुपर्ने, कार्यालयका उच्च तहका कर्मचारी नियमित रुपमा उपस्थित भई जनतालाई सुलभ र सरल रुपमा सेवा प्रदान गर्नुपर्ने तथा नगरपालिकाको अधुरो रहेका योजनाको रकम निकासा गर्न सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराउनुपर्ने जस्ता माग उनीहरुको छ ।
स्थानीयवासी शम्भु सिंहका अनुसार सो विषयमा नगरपालिकाले समयमै ध्यान नदिए कडा आन्दोलन गरिने चेतावनी दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution