रत्ननगर (चितवन), ३१ जेठ –
चितवनमा अज्ञात समूहले एनसेलको टावरमा आगजनी गरेका छन् ।
गएराति १०ः३० बजेको समयमा मोटरसाइकलमा आएका दुई जनाले आगजनी गराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर उपमहानगर–६ शान्ति चोकमा रहेको सो टावरमा उनीहरुले जुटको बोरामा आगो सल्काई आगजनी गरेर भागेको जनाइएको छ ।
आगजनीबाट टारवमा क्षति पुगेको र विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले जानकारी दिएपछि तत्काल नै वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगजनी गर्ने समूहको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि विभिन्न जिल्लामा यस्ता घटनामा विप्लव माओवादी संलग्न रहेको समाचार आएका थिए । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution