|फाइल फोटो
पोखरा, ३२ जेठ –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पश्चिमाञ्चल कार्यालय स्थापनायता हालसम्म प्राप्त उजुरीको सङ्ख्या तीन हजार २२६ पुगेको छ ।
विकास सञ्चार समाज (सोडेक) नेपालद्वारा आज आयोजित ‘सुशासन प्रवद्र्धनका लागि नागरिक संलग्नता बढाउन सञ्चार क्षेत्रको भूमिका’ विषयको अन्तक्र्रियामा कार्यालय प्रमुख डिल्लीराम शर्माले ती उजुरीमध्ये दुई हजार ३४७ वटाको फछ्र्योट भइसकेको बताउनुभयो ।
आयोगको पश्चिमाञ्चल कार्यालय पोखरामा २०७० असोज १ गते स्थापना गरिएको हो । सम्पर्क कार्यालय सोही वर्ष माघ २ गतेदेखि बुटवलमा सञ्चालनमा आएको हो । चालु आर्थिक वर्षमा उजुरीको कुल सङ्ख्या एक हजार ९०२ रहेकामा एक हजार २३ उजुरी फछ्र्योट भइसकेको उहाँले जानकारी दिनुभयो ।
कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले स्थानीय निकायमा सुशासन प्रवद्र्धनका लागि काम भइरहेको बताउनुभयो । चालु आर्थिक वर्षमा जिल्लाभित्र विकास निर्माणका ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको र असार मसान्तभित्रमा बाँकी काम पनि सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।
समाजका कार्यकारी निर्देशक डा पियुषराज मिश्रले सुशासन प्रवद्र्धनमा सहयोग पु¥याउन समाजले सरोकारवालासँग विभिन्न ठाउँमा यस प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution